कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

थामे बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

थामे बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार बसेको महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले थामे बाढीबाट प्रभावितहरुका लागि खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

गएको साउन ३२ गते खुम्बु क्षेत्रका हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण थामे गाउँका एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रुपमा क्षति भएको थियो ।

प्रकाशित : भाद्र ७, २०८१ १७:४६
x
×