कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

थामे बाढी : जोखिममा रहेका ६ जनाको उद्धार

श्रावण ३२, २०८१
थामे बाढी : जोखिममा रहेका ६ जनाको उद्धार

काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका-५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका ६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

शुक्रबार दिउँसोबाट बाढी आएर बस्तीमा क्षति गरेपनि केहीबेर अघि मात्रै सुरक्षाकर्मीहरु पुगेका छन् । बाढी प्रभावितको खोज तथा उद्धारका लागि केहीबेर अघिदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्य प्रहरीहरु परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार

घटनास्थलमा पुगेको सेनाको टोलीले बाढीको उच्च जोखिममा रहेका ६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । घटनास्थलमा सुरक्षाकर्मी पुगेर खोज तथा उद्धारमा खटिएको छ । प्रवक्ता केसीले बाढीको बहाव कम हुनेक्रममा रहेको बताए ।

बाढीले थामेका १२ घरसहित स्कुल र क्लिनिकमा क्षति गरेको छ । मानवीय क्षतिबारे भने विवरण यकिन भइसकेको छैन । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामेका १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।

उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन ।

प्रकाशित : श्रावण ३२, २०८१ १७:३०
×