कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गगनशिला खड्का

गुल्मी — मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । गौंडाकोटदेखि बिरबासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल रिडी–तम्घास सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा पल्टिँदा गुल्मीदरबार गाउँपालिका–३ राजाका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए । 

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३० वर्षीय यमबहादुर सूर्यवंशी घाइते भएका छन् । दुर्घटनापछि घाइते भएका घर्तीलाई उपचारका लागि गुल्मी जिल्ला अस्पताल ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते सूर्यवंशीको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।


प्रकाशित : वैशाख १४, २०८१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?