कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

चिस्यान केन्द्र सञ्चालनमा नआउँदा किसान मर्कामा

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सहीमा निर्माण भएको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको डेढ वर्ष हुँदा पनि सञ्चालनमा आएको छैन ।

चिस्यान केन्द्र सञ्चालनमा नआउँदा किसान मर्कामा

चिस्यान केन्द्र सञ्चालनको लागि अत्यावश्यक विद्युतीकरण र प्राविधिक काम समयमा नै नहुँदा केन्द्र सञ्चालनमा आउन नसकेको हो । चिस्यान केन्द्रको भवन निर्माण भएपनि विद्युतीकरण र सञ्चालनको कार्यविधि निर्माण नभएका कारण सञ्चालनमा आउन नसकेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले बताए ।

कार्यविधि नबनाउादा करोडाौको लागतमा निर्माण भएको केन्द्र प्रयोगविहीन अवस्थामा रहेको केरा उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष लख्खु यादबले बताए । ‘कोल्डस्टोर सञ्चालनमा नआउँदा नगदेबाली लगाउने किसान मर्कामा छन् । केरा, आलु, प्याजको ब्यवसायिक खेती गर्ने किसानलाई भण्डारणको समस्या छ,’ यादवले भने, ‘कार्यविधि र विद्युतीकरणको सामान्य समस्या देखाएर निर्माण सम्पन्न भएको महिनाौसम्म पनि सञ्चालनमा नआउनुमा गाउँपालिकाको नेतृत्व जिम्मेवार हुनुपर्दछ ।’

केरा खेतीका लागि प्रशिद्ध सुस्तामा चिस्यान केन्द्र नहुँदा सस्तोमा बिक्री गर्नु परेको र तत्काल बिक्री हुन नसकेकोमा उत्पादन नै खेर जाने समस्या भएपनि पालिकाले वेवास्ता गरेको किसानको गुनासो छ । ४ करोड ९९ लाखको लागतमा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको हो ।

प्रकाशित : वैशाख २३, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?