कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

स्वास्थ्य शिविरमा १७ सय लाभान्वित

घनश्याम गौतम

गुल्मी — नागरिकको स्वास्थ्य परिक्षणका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै विशेषज्ञ चिकित्सकसहितको एकीकृत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा १ हजार ७ सयभन्दा बढीले लाभ लिएका छन् ।

स्वास्थ्य शिविरमा १७ सय लाभान्वित

पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा गाउँपालिकाले हरेक वर्ष एकीकृत नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

पदभार ग्रहणको तेस्रो वर्षको अवसरमा शनिवार चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरमा संचालन गरिएको शिविरमा १ हजार ७ सय ५४ जनाले उपचार सेवा लिएका छन् ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरुसहितको टिमले गाउँमै पुगेर जनरल फिजिसियन सेवा, मुटुरोग सम्बन्धी सेवा, हाडजोर्नी तथा नशारोग, महिला प्रसुत तथा स्त्री रोग, छाल तथा यौन रोग, दाँत सम्बन्धी सेवा र आँखा परीक्षण सेवा प्रदान गरेको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. हरी पन्थीको नेतृत्वमा गएको १६ जना डाक्टरहरुको टोलीले फिजिसियनतर्फ ५ सय ८०, हाड जोर्नी तथा नशारोग तर्फ ३ सय ४७, महिला प्रसुत तथा स्त्री रोगतर्फ १ सय ६०, छाला तथा यौन रोगतर्फ १ सय १, यूरो सर्जनतर्फ २४ जनाले सेवा लिएका थिए ।

त्यस्तै १ सय २२ जनाले भिडियो एक्सरे, ७२ जनाले इसिजी सेवा प्राप्त गरेका थिए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×