कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती १५ मा रहेको बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा भएको छ ।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा

होमस्टे स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा पुरै गाउँलाई नै होमस्टेको रुपमा विकास गरिएको हो । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले आयोजना गरेको एक समारोहमा गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा गरेकी हुन् ।

अब यो गाउँमा रहेका सम्पूर्ण होटेल, रेस्टुरेन्ट र आवासलाई होमस्टेको रुपमा परिणत गरिएको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले बताए ।

होमस्टे भिलेज घोषणासँगै सन् २०३५ सम्म रणनीतिक योजना लागू गरेर एक घर एक रोजगार, सतप्रतिशत साक्षरता र दिगो गाउँ विकासको लक्ष्य तय गरिएको छ ।

२०७० सालमा स्थापना हुँदा थारु र बोटे समुदायको १८ वटा होमस्टे रहेको गाउँमा अहिले ३५ वटा होमस्टे भएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x