२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रुखबाट लडेर मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँ ढाकरडाँडाकी ३१ वर्षीया मीनाकुमारी लामिछाने मगरको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ । 

आफ्नै बारीको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घाइते भएकी मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरी चौकी ताहुँबाट प्रहरी टोली पुगेर घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ४, २०८१ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x