प्रस्तावित आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअन्तर्गत प्रभावित क्षेत्रका सरोकारवालासँग सुझाव संकलन सुरु गरिएको छ ।
जिल्ला समन्वय समितिले प्राकृतिक वातावरण सन्तुलन राखी धार्मिक र सांस्कृतिक आस्थामा आघात नपुग्ने गरी संरक्षण र संवर्द्धन गर्न रेसुङ्गा नगरपालिकालाई अनुमति दिएको थियो । तर, नगरपालिकाले भने आफूमा स्वामित्व आएपछि २०७६ कार्तिकमा होटल पौवा प्रालिसँग सम्झौता गरी २५ वर्षका लागि लिजमा दिएको थियो ।
सुपथ मूल्य पसल बन्द हुँदा सरकारी अनुदान मात्रै दुरुपयोग भएको छैन, सहकारीमा बचतकर्ताको लाखौं रुपैयाँसमेत खेर गएको छ ।
प्रशासनले जिल्ला हुलाक कार्यालयमार्फत् तोकिएको शुल्क लिएर बिहीबारदेखि सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्था गरेको हो ।
जिल्लाका १२ स्थानीय तहमध्ये ८ पालिकाद्वारा पर्यटन विकासको तथ्य तथ्यांक राखेर विकासका काम द्रुत गतिमा ।
गुल्मेली जनता पूर्णकालीन राजनीतिकर्मीभन्दा इन्जिनियर र अधिवक्ताप्रति आकर्षित देखिए ।
दिउँसो पौने ४ बजेसम्म ९३ हजार ९ सय २३ मत खसेकामा ५१ हजार २ सय ३७ महिला र ४२ हजार ६ सय ८६ पुरुष मतदाताले मतदान गरेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले जानकारी दिए ।
देशभरका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको पाणिनी गाउँपालिका पहिलो भएको छ ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा मालिका गाउँपालिका-६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो।
डहरेले जस्तै गाडी नबगाए पनि सोही सडकखण्डका नादेवा, डहरे र भार्सेखोलामा बाढी आएपछि लामो समय सडक अवरुद्ध भइरहन्छन् । चारवटै खोलामा निर्माणाधीन पुल ठेक्काको किस्ता रकम भुक्तानी गर्ने बजेट विनियोजन नहुँदा अलपत्र परेका छन् ।