एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत गुल्मीको मुसिकोटमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले राष्ट्रियता, आर्थिक हिसाबले नाजुक अवस्थामा देश रहेको बताए ।
गुल्मीको मालिका गाउँपालिका केही गाउँका घरहरुमा गत आइतबार र सोमबार राती चोरी भएको छ । आइतबार राति मालिका-७ स्थित भानुपोखरा बजार र सोमबार राति मालिका- ६ को अर्जेमा स्थानीयका घरहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।
गुल्मीमा एक किराना पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । गुल्मीदरबार गाउँपालिका ७ चारपाला फेदीका टोपबहादुर बस्नेतको किराना पसलमा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । च्याउ खाएर जिल्लाको इश्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुष्मा कुमाल बिरामी परेका हुन् ।
निर्माणाधीन घरमाथिबाट खसेको ढिस्कोमा पुरिएर गुल्मीमा एक जनाको मृत्यु भएको छ । सोमबार रेसुङ्गा नगरपालिका–३ भाडगाउँस्थित शेरबहादुर बेल्वासेको घर माथिबाट खसेको ढिस्कोमा पुरिँदा प्यूठानको गौमुखी गाउँपालिका–३ निवासी १७ वर्षका डोरबहादुर घर्तीको मृत्यु भएको हो ।
गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो सवा ३ बजे चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिए ।