दिउँसो पौने ४ बजेसम्म ९३ हजार ९ सय २३ मत खसेकामा ५१ हजार २ सय ३७ महिला र ४२ हजार ६ सय ८६ पुरुष मतदाताले मतदान गरेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले जानकारी दिए ।
गुल्मी — गुल्मीमा पुरुषभन्दा बढी महिला मतदाताले मतदान गरेका छन् ।
दिउँसो पौने ४ बजेसम्म ९३ हजार ९ सय २३ मत खसेकामा ५१ हजार २ सय ३७ महिला र ४२ हजार ६ सय ८६ पुरुष मतदाताले मतदान गरेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले जानकारी दिए ।
अहिलेसम्म ४० दशमलव ८ प्रतिशत मत खसेको गुल्मीमा अधिकतम् ५५ प्रतिशतसम्म मत खस्ने सम्भावना देखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेकामा महिला १ लाख १५ हजार २ सय १०, पुरुष १ लाख १४ हजार ३ सय ३७ र अन्य २ जना रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीका १ सय ४५ मतदान स्थल र २ सय ८४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भैरहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।