सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते

बसले मोटरसाइकललाई ठक्कर दिँदा मालिका गाउँपालिका-६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो।

पुस १८, २०८२

गगनशिला खड्का

2 killed, 2 injured in road accident

गुल्मी — गुल्मीको मालिका गाउँपालिकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पिकनिकका लागि विद्यार्थी लिएर हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको मालिका गाउँपालिका-५ का वडाध्यक्ष रेखा कुमार जिसीले जानकारी दिए । 

दुर्घटनामा मोटससाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई बनभोज लिएर जान हिँडेको बससले मालिका-७ अर्जे राम्चेको ओरालेमा बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो । 

आफन्तका अनुसार मृतक मनकलाका छोरी उपचारमा जानुपर्ने भएकोले नाती लिन बिहानै मोटरसाइकलमा हिँडेकी थिइन् । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बस प्रहरीको नियन्त्रणमा छ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully