रास्वपाको उदय केवल सत्ता परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तनको संकेत पनि हो । तर, जनताको विश्वास कायम राख्न अनि दीर्घकालीन रूपमा स्थापित हुन रास्वपाले सुशासन, सेवा प्रवाह सुधार र समावेशी विकासमा स्पष्ट परिणाम दिनुपर्नेछ ।
जनता सरकार परिवर्तन मात्रै होइन, राजनीतिक संस्कृतिमै सुधार चाहन्छन्, यो निर्वाचन प्रतिनिधि छनोटभन्दा बढी स्थिरता, सुशासन र संरचनात्मक सुधारको जनादेश हुन सक्छ।