निर्माणाधीन रेल्वे ट्य्राकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु
सर्लाही — सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिकको निर्माणाधीन रेल्वे ट्रयाकबाट ज ११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा चालक लालबन्दी नगरपालिका-३ जब्दीका ५० वर्षीय राजकुमार चौधरीको ज्यान गएको हो । राति ८:५० बजेतिर मोटरसाइकल पल्टिएको अवस्थामा चौधरीलाई स्थानीयले उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्याएका थिए ।
अस्पतालमा पुर्याएलगत्तै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक चौधरीको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ ।
प्रकाशित : वैशाख १४, २०८१ ०७:४५प्रतिक्रिया