२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

नेपाली समाजमा आशा जगाउन सबै दलहरू मिल्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनतामा व्याप्त निराशालाई अन्त्य गर्न दलहरुबीच सहकार्यको विकल्प नभएको बताए ।

नेपाली समाजमा आशा जगाउन सबै दलहरू मिल्नुपर्छ : महामन्त्री शर्मा

उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरु जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए ।

‘नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ । कुन दल सरकारमा छ, कुन दल ठूलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तत्कालिक विषय हुन् । तर नेपाल देश लामो संशस्त्र संघर्षबाट शान्तिमा अवतरण भएको छ संविधानसभाबाट संविधान बनेको छ । एकात्मक राज्य प्रणालीबाट संघीय राज्यमा परिणत भएको छ । नागरिक पंक्तिमा अत्यन्तै चेतना छ । कुनैपनि राजनीतिक नेतृत्व जनताको खरो प्रश्नभन्दा टाढा भाग्न सक्दैन' महामन्त्री शर्माले भने ।

उनले जापानले हिरोसिया र नागासाकीमा अमेरिकाले आक्रमण गरेपछि अमेरिकासँग बदला लिनभन्दा आफैँ बद्लिएर देखाउन सफल भएको बताए । 'जसरी जापानले हिरोसिया र नागासाकीमा प्रहार भइसकेपछि अमेरिकासँग बदला लिएन । तर उसले बदला चाँहि आफैँ बद्लिएर लियो । नेपालले त्यसबाट केही सिक्नुपर्छ जस्तो लाग्छ' उनले भने,'नेपालले समन्नती हासिल गर्नु नै जित्नु हो ।'

महामन्त्री शर्माले समाजमा व्याप्त असन्तुष्टिलाई सन्तुष्टिको खोजी र नयाँ सपनाको खोजीतर्फ अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित : वैशाख २३, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?