२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

देउखुरी — लुम्बिनी प्रदेश सरकारको नयाँ प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीलाई दिइएको छ । 

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

आइतबार प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पन्थीलाई प्रवक्तामा नियुक्त गरेको हो । यसअघि चैत २५ गते बिनाविभागीय मन्त्रीमा नियुक्त भएका दिपेन्द्रकुमार पुनलाई महराले २६ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रवक्तामा नियुक्त गरेका थिए । उनलाई स्वास्थ्य मन्त्रालयसहित प्रवक्ताको जिम्मा थियो ।

मुख्यमन्त्री महराले वैशाख १२ गते मन्त्रिपरिषद् विस्तार गर्नेक्रममा गुल्मी निर्वाचन क्षेत्र २ (२) बाट एमालेबाट निर्वाचित सांसद पन्थीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकेका थिए । ‘तत्कालीन अवस्थामा तीन सदस्यीय मन्त्रिपरिषद् रहेको र सम्बन्धित मन्त्रालयमा मन्त्री नभएकाले प्रवक्ताको जिम्मेवारी मैले समाल्लेको थिएँ,’ स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनमगरले भने, ‘अहिले दिनेश पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री भएकाले प्रवक्ताको जिम्मेवारी मन्त्रिपरिषद्को बैठकले उहाँलाई प्रवक्ता तोकेको हो ।’

पुनका अनुसार तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि बुटवलमा रहँदै आएका मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई हटाइएको छ । स्थायी राजधानी दाङ सरेपछि पनि मुख्यमन्त्री सम्पर्क कार्यालय बुटवलमा रहँदा आलोचना भएको थियो ।


प्रकाशित : वैशाख २३, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?