Kantipur

२४ असार २०८३, बुधबार
आजको अपडेट   (२४ असार २०८३, बुधबार)

राजनीतिक विवादमा परेका ४ अध्यादेश स्वतः निष्क्रिय हुँदै

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए । ती अध्यादेश २८ वैशाखमा संघीय संसद्का दुवै सदनमा टेबुल भएका थिए ।

Four ordinances caught in political dispute to become automatically inactive

सुकुमवासीका दृष्टिमा सरकार

सरकारको वास्तविक सफलता नागरिकको मनमा जन्मिने ऊप्रतिको अपनत्वले निर्माण गर्छ, भीडको जयजयकारले होइन । भीड र नागरिकमा फरक छ । नागरिकको मनबाट हराएको सरकारलाई संसारको कुनै पनि शक्तिले सफल बनाउन सक्दैन । 

रोल्पा बस दुर्घटना : ४ जनाको अवस्था गम्भीर

घाइते सबैको उपचार भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए

लगानीमुखी आर्थिक सुधारलाई तीव्र बनाउन नेपाल–भारत उद्योग वाणिज्य महासंघको आग्रह

उच्च आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने उद्देश्य अवलम्बन गरिएको मौद्रिक नीतिको निक्कलीले प्रशंसा गरेको हो ।

नेपाली श्रमिकलाई विदेश जान लागेको खर्च उठाउनै साढे तीन महिना लाग्ने

सर्वेक्षणले वैदेशिक रोजगारमा जाने श्रमिकले तिर्नुपर्ने भर्ती शुल्क, एजेन्ट खर्च तथा अन्य लागतले श्रमिकमाथि आर्थिक भार पारिरहेको देखाएको छ ।

‘धुर्बे’ हात्तीको आक्रमणले ज्यान गुमाएका बोटे परिवारलाई निकुन्जको २० लाख राहत

शनिबार राति भरतपुर–२३, स्थित बेलहठ्ठाका पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको ‘धुर्बे’ले घरमै ज्यान लिएको थियो ।

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

बजेटमाथिको छलफल सुरु भएको ३ दिनमै मन्त्रालयगत छलफल सकेर बजेट पारित भएको हो

 [अर्काइभ] २९ वर्षअघिको विश्वकपमा विराटनगरको त्यो प्रसंग 

सन् १९९८ को विश्वकपका प्रबल दावेदार राष्ट्रहरू जर्मनी र अर्जेन्टिनालाई भनिन्थ्यो । तर ती देशहरू क्वाटर फाइलनबाटै बाहिरिएका थिए ।

एनआईसी एसिया बैंकले दियो बाल विनायक विद्यालयलाई कम्प्युटर

गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ल्यापटप र डेस्कटप कम्प्युटर प्रदान गरिएको छ ।

दृष्टिविहीन बालबालिकालाई सिटिजन्स बैंकले दियो ब्रेल शैक्षिक सामग्री

बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला, कम्प्युटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

धनकुटा बजारका होटलमा छड्के अनुगमन

धनकुटास्थित काफ्ले होटलमा भान्सा सरसफाइ नगरेको र पटक–पटक प्रयोग गरिएको पुरानो तेलमा खाना पकाएको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।

शिक्षण संस्थालाई नेपाल एसबीआई बैंकको सहयोग

नेपाल एसबीआई बैंकले ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अहिले बैंकका १ सय ३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १ सय २७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

डिभिजन सडकले वीरगन्जको मुख्य सडक क्षेत्रका करिब १०० भवन हटायो 

सडक डिभिजन हेटौँडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले सडक मापदण्डभित्र परेका करिब १०० भवन संरचना डोजरले हटाइसकेको जानकारी दिएका छन् ।

रक्सौल-वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी पक्राउ

पक्राउ पर्ने २७ वर्षीय एमडी शियाम हुसैन बंगलादेशको मुन्सिगञ्ज जिल्लाका बासिन्दा हुन् । उनीसँग भेटिएको बंगलादेशी राहदानीबाट उनको नागरिकता पुष्टि भएको छ ।

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाएको छ : उद्योग वाणिज्य महासंघ

सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात गरेको महासंघको भनाइ छ ।

रोल्पामा बस दुर्घटना, एक दर्जनभन्दा बढी यात्रु घाइते

प्रहरीका अनुसार घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको राप्ती यातायात प्रालिको लु२ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो ।

बीपी प्रतिष्ठानबाट १२ बिचौलिया पक्राउ

निजी अस्पताल र मेडिकलमा बिरामी पठाउने आरोपमा धरान प्रहरीले संयुक्त टोलीमार्फत १२ जना बिचौलियालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

नेपालमा शैक्षिक कन्सल्टेन्सी र विदेशी कलेज चलाउन २५ लाख धरौटी

शैक्षिक कन्सल्टेन्सीहरु २०६८ सालदेखि निर्देशिकामा भरमा सञ्चालित थिए भने विदेशी कलेजहरु पनि २०५९ सालदेखि निर्देशिकाबाट स्थापना र सञ्चालन हुँदै आएका थिए ।

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न दिइने

लामो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने अन्योलका बीच सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको हो ।

२ करोड ९१ लाखको औषधि हिनामिना आरोपमा सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि खरिद, मौज्दात परीक्षणमा गम्भीर अनियमितता गरी अस्पताललाई २ करोड ९१ लाखभन्दा बढीको नोक्सानी पुर्‍याएको अख्तियारको आरोप छ ।

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो, प्रकोप अझै तीव्र हुँदै : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ ।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक पाँच दिन म्याद थप

विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुधबार यस्तो अनुमति दिएको हो ।

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

१० वर्षदेखि सञ्चालनमा रहेको भरतपुर अस्पतालको फार्मेसीमा 'सुलभ फार्मेसी'को बोर्ड झुन्ड्याइयो

६ कार्तिक २०७३ बाट सञ्चालनमा आएको अस्पताल फार्मेसीमा १६ असारदेखि नयाँ बोर्ड झुन्डिएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बिग्रिएका योजना सच्याउने प्रतिबद्धतापछि कोशी प्रदेशको बजेट बहुमतले पारित

बजेटमा समावेश गरिएका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरिएको भन्दै सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए।

टिकापुर अस्पतालका कर्मचारीबीच कुटाकुट, के थियो कारण ?

टिकापुर अस्पतालका ल्याब र फिजियोथेरापी कर्मचारीबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धान सुरु भएको छ।

नेप्सेमा ३० अंकको गिरावट, साढे ४ अर्बको सेयर किनबेच

बुधबार कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्यो भने २४७ कम्पनीको घट्यो। तर, सो दिन ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

उच्च अदालत पाटन हेटौँडा इजलासमा एक वर्ष नाघेका मुद्दा शून्य

महिला न्यायाधीशहरूको नेतृत्वमा हेटौँडा इजलासले एक वर्षभन्दा बढी पुराना सबै मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय उपलब्धि हात पारेको छ।

मेसिनले फर्काउँदै छ खेतमा किसानको भरोसा

बेलौरीमा स्थानीय र संघीय सरकारको एक करोड रुपैयाँभन्दा बढी लगानी, श्रमिक अभावसँग जुध्दै कृषि यान्त्रिकीकरणमा फड्को ।

बझाङका पाँच युवा उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

कृषि पेसालाई सम्मानित बनाउन मात्रै नभएर यस क्षेत्रमा आउनेहरूको मनोबल बढाउन पनि पुरस्कारले उत्प्रेरणा दिने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंहको भनाइ ।

म्याद गुज्रेको खाद्यसामग्री प्रयोग गरेको फेला परेपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई दुई लाख जरिवाना

अनुगमनका क्रममा बौद्धको बिरयानी किङ र न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टमा खाद्यवस्तुमा मरेको साङ्ला, म्याद गुज्रिएको सामान प्रयोग र कृत्रिम रङ भेटिएपछि विभागले व्यवसायीलाई जरिवाना, अखाद्य सामग्री नष्ट र सुधारका लागि निर्देशन दिँदै कारबाही गरेको छ । 

लुम्बिनी र बनारसलाई धार्मिक गन्तव्यका रूपमा प्रचार गर्ने सहमति

लुम्बिनी र बनारसका व्यवसायीबीच निजी क्षेत्र, सरकार र सरोकारवालासितको समन्वयमा यी गन्तव्यको प्रवर्द्धन गर्ने सहमति भएको हो । लुम्बिनीमा आयोजित तीनदिने लुम्बिनी–बनारस बीटूबी ट्राभल मार्ट तथा फ्याम ट्रिप कार्यक्रममा यस्तो सम्झौता गरिएको हो ।

एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

सन् २०२१ अगस्टपछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको सरकारको दाबी

गोरखाको बाह्रकिलोका टहरा सात दिनभित्र नहटाए बल प्रयोग गरिने चेतावनी

असार ७ गते बाह्रकिलो बजारका टहरा हटाउन दिएको निर्देशन अटेरी गरेपछि बुधबार पुनः सूचना जारी गर्दै सात दिनभित्र नहटाए बल प्रयोग गरिने चेतावनी दिइएको हो ।

धनकुटाका १ सय ८० युवाले पाए व्यावसायिक सीप तालिम

धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार इन्स्योर परियोजनामार्फत १ सय ३० जना युवाले सीटीईभीटीअन्तर्गत मोटरसाइकल मर्मत, कुक, आल्युमिनियम फेब्रिकेसन, प्लम्बिङ, टेलिकम टेक्निसियनलगायतका व्यावसायिक तालिम पूरा गरेका हुन्।

प्रधानमन्त्रीसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राख्ने प्रतिबद्धता

प्रधानमन्त्रीसँगको भेटवार्तामा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शबाट अध्यक्षसहित दुई दुई जना पदाधिकारी सहभागी थिए ।

इरानसँगको अन्तरिम सम्झौता अन्त्य भयो : ट्रम्प

उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहने बताएका छन् ।

जातीय विभेदको जालो तोड्न सिंहदरबारको ढोका र चेतना दुवै खोलिनुपर्छ : सांसद सेच्नुरी

रास्वपा सांसद स्मृति सेन्चुरीले भनिन्- 'अब यो देशमा कुनै पनि बच्चाले आफ्नो जात लुकाएर बाँच्न नपरोस् ।'

मल लिएर नेपाल आउँदै गर्दा बिहारमा २ नेपाली पक्राउ

सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारले नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई पक्राउ गरिएको बताए । सर्लाहीको बलरा-५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंह भन्छन् : नेपालमा मल हाहाकार हुँदा बाध्य भएर उहाँहरू पारि जानु भएको हो । तस्कर होइन ।

रामेछापको उमाकुण्डमा शिक्षा सुधारको अभियान : उत्कृष्ट विद्यालयलाई २ लाखसम्म पुरस्कार

तोकिएको मापदण्डका आधारमा विद्यालय र शिक्षकहरूको मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनोट गरिएको गाउँपालिकाले जनाएको छ।

सिँचाइ पोखरीले किसानलाई राहत, समयमै सकियो रोपाइँ

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाखको बजेटमा बनेको सिँचाइ पोखरीले ३५ घरधुरीका किसानलाई वर्षभरि धान, गहुँ र तरकारी खेती गर्न सहज बनाएको छ।

भारतसँग कूटनीतिक पहल नहुँदा महाकालीको पानी नेपालतर्फ छोडिएन : सांसद बोहरा

महाकाली सन्धिअनुसार पानी छोड्नका लागि परराष्ट्रमन्त्रालयमार्फत् भारतसँग कूटनीतिक पहल गर्नुपर्ने रास्वपा सांसद दीपकराज बोहराको माग ।

ऋणपत्रमार्फत राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ झिक्दै

यससँगै राष्ट्र बैंकले यसअघि गत पुसमा ऋणपत्रमार्फत एक वर्षका लागि करिब २ खर्ब रुपैयाँ झिकिसकेको छ । यस पटक पनि करिब २ खर्ब रुपैयाँ बजारबाट झिक्ने राष्ट्र बैंकको तयारी छ ।

रास्वपा र सभामुखले प्रधानमन्त्री शाहमाथि हस्तक्षेप गर्ने दिन आयो : नेकपा सांसद तामाङ

'प्रधानमन्त्रीको संसदभन्दा अर्को कुन ठाउँ छ बास बस्ने ? त्यो अर्को ठाउँ छैन । संसदमा आउनुपर्छ र आफ्नो कुरालाई सच्याउनु पर्छ,' नेकपा सांसद तामाङले भने ।

रोडा आपूर्ति रोकिँदा काठमाडौं विमानस्थल विस्तार ठप्प

विमानस्थलमा २ लाख देखि ३ लाख टनसम्म भार भएका जहाज गुड्ने भएकाले अत्यन्तै उच्च गुणस्तरको एग्रिगेट आवश्यक पर्छ

बहराइन र कुवेतका अमेरिकी अखडामा इरानको आक्रमण

हर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करहरूमा प्रहार भएपछि अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको थियो । जवाफमा इरानले अमेरिकी सेनाका अखडालाई निशाना बनाएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहलाई रुलिङ गर्नुपर्‍यो, डाक्नपर्‍यो : एमाले 

एमाले सांसद राजेन्द्रकुमार राईका प्रश्न- 'यहाँ उठेका कुराहरूको उहाँले जवाफ दिनुपर्छ । सधैभरी हामीले आन्दोलन गर्नुपर्ने हो ? हामीले उठिराख्नुपर्ने हो ? कहिलेसम्म उठ्ने हो ?'

सेवाग्राहीका लागि मन्त्रालयमा व्हीलचेयर सेवा

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकता अनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा व्हीलचेयर सेवा उपलब्ध गराइएको हो ।

मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेस गर्न संसदीय समितिको निर्देशन

बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

नख्खु कारागारबाट भागेका अभियुक्त मकवानपुरमा पक्राउ

मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरेका ३९ वर्षीय सुकलाल वाइवालाई मंगलबार पक्राउ गरेको हो ।

बैतडीमा तीन वर्षमा सवारी दुर्घटनामा ४७ को मृत्यु, सय बढी घाइते

सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा बैतडीका सडक र यात्रु सुरक्षा चिन्ताजनक बन्दै गएको छ।

सभामुख अर्यालसँग एमाले सांसद राईको नोकझोकपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’ भन्दै सांसद राईले भनेपछि सभामुखले बैठक रोकेका हुन् ।

प्रधानमन्त्री र उद्योगी तथा व्यवसायीबीच भेट हुँदै

देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

केही स्थानमा आकस्मिक बाढीको जोखिम

विभागका बाढीविद् विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताए ।

आज एकै समयमा पृथ्वीका ९९ प्रतिशत मानिसले सूर्यको प्रकाश अनुभव गर्ने

करिब एक मिनेटसम्म रहने यस अवस्थाका पृथ्वीका सबैभन्दा धेरै जनसंख्या भएका क्षेत्रहरू सूर्यको प्रकाशमा रहनेछन् भने केवल सानो जनसंख्या मात्र रातको अन्धकारमा हुनेछ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा जंगली च्याउको सर्वेक्षण

सर्वेक्षणका क्रममा प्रत्येक ५/५ सय मिटरको उचाइ अन्तरालमा च्याउको अवस्था, फैलावट, बासस्थान र जैविक विविधतासम्बन्धी विवरण संकलन गरिएको थियो ।

पुरुष राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एरेनाले दिए राजीनामा

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि सिर्जित अन्यौलपूर्ण स्थितिमा उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी छाडेको बताएका छन् ।

विदेशको कमाइ गाउँमा लगानी, माछापालनमा उत्साहित गणेश

विदेशमा वर्षौं श्रम गरेर फर्किएका गणेश बुढाले गाउँमा ट्राउट माछापालनमा चुनौती पार गर्दै परिवारसहित आर्थिक सफलता हासिल गरेका छन्।

अर्थतन्त्रको मूल समस्याबाट पन्छिएको मौद्रिक नीति

वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको, बैंकको ऋण दिने क्षमता खस्किएको, ऋणीको भुक्तानी क्षमता घटेको, सेयर बजार ओरालो लागेको जस्ता मुख्य समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको विज्ञहरूको टिप्पणी

जग्गाको विवादमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

चक्कु प्रहारबाट बुटनको पछाडी पिठ्यूमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।

संविधान संशोधन बहसपत्र कार्यदलबाट बाहिरिए चार दल

कांग्रेसले प्रतिनिधि पठाएको थिएन, एमालेबाट तोकिएका प्रतिनिधि बैठक/छलफलमा कहिल्यै सहभागी भएनन्, कार्यदलमा अब रास्वपा र राप्रपाको मात्र प्रतिनिधित्व।

संविधान संशोधनमा प्रक्रियाको महत्त्व

संविधान लेखनमा आठ वर्ष लागेको होइन, सक्दो धेरै पक्षका माग र विचार समेटेर अपनत्व वृद्धि गर्ने प्रक्रियाले समय लिएको हो । संविधान निर्माण जस्तै संशोधन पनि हतारमा हुँदैन । कुनै दलले एउटा निर्वाचनमा पाएको मत र संसद्को बहुमत देखाएर संशोधनको प्रक्रिया र मूलभूत सिद्धान्तमा ‘यस्तो हुनुपर्छ’ भन्दै जोड गर्न पनि मिल्दैन ।

प्रदेशस्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्र नेपाललाई

नेपालले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् ।

रातो कार्ड विवाद : विश्वकपको प्रतिष्ठामै प्रश्न

विवादको केन्द्र थियो, अमेरिकी राष्ट्रपतिले गत साता फिफा प्रमुख जियानी इन्फाटिनोलाई फोन गर्नु र आफ्ना खेलाडी फ्लोरिन बोलोगनको प्रतिबन्ध हटाउन भन्नु ।

साझाको हरियो रङमै ‘ब्लु बस’ चल्ने 

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएका वा सम्पादन गरिएका देखिन्छन्।

रोनाल्डोले लिए विश्वकपबाट बिदा

प्रत्येक हारपछि उनी जति दुःखी हुन्छन्, त्यो भन्दा बढी पीडा देखिन्थ्यो, उनमा । ‘दुःख नै हुन्छ, यसरी प्रतियोगिताबाट बाहिरिँदा,’ पछि रोनाल्डोले आँसु पुछेर भने ।

प्रदेशस्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्रलाई

उपाधि विजेता प्रकाशचन्द्र नेपालले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार र तेस्रो भएका ललितबहादुर राईले नगद १० हजार पाए ।

गुल्मीमा नक्कली मह खाल्टो खनेर पुरियो

गत जेठ २७ गते राती चार क्विन्टल मह तम्घास बसपार्कमा बेच्नका लागि ल्याइएको थियो । सोही मह नक्कली भएको परीक्षणबाट पुष्टि भएपछि मंगलबार नष्ट गरिएको हो ।

ठोरीमा भारतीय पर्यटकलाई निःशुल्क प्रवेश सुविधा

वीरगन्ज भन्सार कार्यालयका लेखापाल हृदयनारायण साहसहितको कर्मचारी टोलीले मंगलबार ठोरी छोटी भन्सार पुगेर यो सेवाको सुरुवात गरेको हो ।

प्लेयर्स टु वाच : ब्राडली बार्कोला (फ्रान्स)

विपक्षीको पोस्ट अगाडि उनी ‘वान अन वान’ स्थितिमा अझ बढी आक्रामक हुने गर्छन् भने आफ्नो अग्रपंक्तिका खेलाडीलाई धेरै मौका सिर्जना गरिदिन्छन् ।

प्रारम्भिक उत्साहको संकुचन

प्रतिपक्षविहीन राजनीतिलाई जीवन्त राख्ने जिम्मा लेखक, कलाकार, पत्रकार र स्वतन्त्र नागरिक सम्मिलित सचेत समुदायको हुन्छ ।

कानुन निर्माण : नयाँ चरणको सुधारको अवसर

कानुन निर्माणमा भइरहेको शिथिलतालाई डेढ सय विधेयकले अन्त्य गर्न सक्छ । तर कानुन निर्माण संख्याको मात्रै विषय होइन । गुणस्तरीय कानुनको निर्माण गर्नु बढी महत्त्वपूर्ण हुन्छ ।

अर्घाखाँची अस्पतालमा मिर्गौलाको डायलासिस सञ्चालनको तयारी

जिल्लामै यो सेवा सुरु भएपछि नियमित डायलासिसका लागि बुटवल, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

द्रुतमार्गको सुरु विन्दु थाती राखेर फर्सीडोल– डुकुछापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै

लामो समयसम्म खोकना खण्डको ६.५ किमिमा काम अघि बढ्न नसकेपछि उक्त क्षेत्रको समस्या पछि समाधान गर्ने भन्दै फर्सीडोलतर्फको काम अघि बढाइँदै

ठूला विद्युतीय सवारीमा सहजीकरण

राष्ट्र बैंकका अनुसार हाल विद्युतीय सवारीलगायत सबै खाले सवारीमा कर्जा मूल्य अनुपात ६० प्रतिशत छ । ठूला विद्युतीय सवारीका हकमा यो सीमा बढाएर ७० प्रतिशत वा त्यसभन्दा बढी बनाउने तयारी राष्ट्र बैंकको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

पेनाल्टी सुटआउटमा जित्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

क्वाटरफाइनलमा अब फ्रान्सले मोरक्को, स्पेनले बेल्जियम, नर्वेले इंग्ल्यान्ड तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले स्विटजरल्यान्डको सामना गर्नेछ ।

अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा

अर्जेन्टिनाले खेलमा २ गोलले पछाडि परेको स्थिति उल्टाएको हो । दुवै हाफमा १–१ गोल गर्दै इजिप्टले २–० को अग्रता लिएको थियो । तर खेल समाप्त हुन ११ मिनेट बाँकी रहेको समयमा अर्जेन्टिनाले नाटकीय विजय हात पारेको हो ।

२३ असार २०८३, मंगलबार

वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

टथेनहाङको २०८१ असार १३ गते राति वडाध्यक्ष आङदेम्बेकै घरमा सुतिरहेको अवस्थामा निधन भएको थियो ।

Ward chairman under police control

फ्यानको मुटुमा धड्किइरहेको फुटबल 

फुटबल एक बिजनेस ‘क्याटालिस्ट’ हो । विश्वकपका बेला विश्वभरै सेतो पृष्ठभूमिमा आकाशे धर्का भएको १० नम्बर अंकित वा नीलो, पहेँलो, रातो जर्सीको बिक्री बेहिसाब हुन्छ । स्पोर्ट किट, स्पोर्ट शु, व्यापारिक उद्देश्यका विज्ञापन, लाइभ टेलिकास्ट प्रसारण अधिकारदेखि सोभेनियरसम्म जोड्दा विश्वकपको हिसाबकिताब अरब, खरब डलरमा पुग्छ । 

काठमाडौं विश्वविद्यालयमा दक्षिण एसियाको जेन-जी आन्दोलनबारे अन्तर्राष्ट्रिय कार्यशाला

साउथ एसियन स्टडिज एसोसिएसन अफ अस्ट्रेलिया र काठमाडौं विश्वविद्यालयको आयोजनामा भएको कार्यशालामा नेपाल, श्रीलंका र बंगालादेशका अनुसन्धानकर्मीहरूले विभिन्न कार्यपत्र प्रस्तुत गरे ।

सांसदलाई अशिष्ट व्यवहार नदेखाउन प्रमुख सचेतक ढकालको आग्रह

मंगलबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, सांसद दुर्गाबहादुर चौधरी, बसन्ती न्यौपाने र राजकुमार चौधरीले प्रदेश सभा नियावली २१ (घ) विपरीत व्यवहार प्रस्तुत गरेकाले उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग गरेकी हुन् ।

हुम्लामा आधा सिलिन्डरको मूल्य १ हजार ७ सय, डिजेल र पेट्रोलको भाउ प्रतिलिटर ३ सय रुपैयाँ

ग्यासको सहज आपूर्ति नहुनु, जिल्लाभरि ग्यास कम्पनीको आधिकारिक बिक्रेता नहुनु र महँगो ढुवानी भाडाका कारण उपभोक्ता महँगीको मार खेप्न बाध्य ।

मेसी र सलाह आमनेसामने हुँदै 

अर्जेन्टिना र इजिप्टबीचको विजेता क्वाटरफाइनल पुग्ने छ

पौडी खेलाडी छनोटका लागि अन्तरिम आदेश जारी

पौडी खेलाडी इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले दायर गरेको रिट निवेदनमाथिको बहसपछि न्यायाधीश हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर १४ जनाको सजाय निर्धारण असार २९ मा

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार कसुर ठहर गरेको र सजाय भने अर्को पेसीमा निर्धारण गर्ने आदेश गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले गर्‍यो कसुर ठहर 

न्यायाधीश तेजबहादुर खड्काको इजलासले १० जेठ २०८० मा दायर मुद्दामा कसुर ठहर गरेको हो ।

एनभीएलको टिकेटिङ पार्टनरमा आईएमई खल्ती

नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

झापामा महिला कबड्डी टोलीको तयारी

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताए ।

[अर्काइभ] गोली प्रहार गरी सांसद हत्याको त्यो त्रासदीपूर्ण घटना...

भारतले सुपुर्दगीका लागि अनुरोध गरेका बेला सांसद मिर्जा दिलसाद बेगको १४ असार २०५५ मा काठमाडौंको सिफलमा गोली प्रहार गरी हत्या भएको थियो ।

इटहरी सुपर किङ्सलाई केपीएल कपको उपाधि 

वर्षाका कारण १०–१० ओभरमा सीमित फाइनल खेलमा छिन्नमस्ता लायन्सलाई १९ रनले पराजित गर्दै इटहरी सुपर किङ्स च्याम्पियन बनेको हो ।

सरकारले वैदेशिक रोजगार ऐनमा के-के संशोधन गर्दैछ ?

वैदेशिक रोजगारमा गन्तव्य देशका रोजगारदाताले लागत शुल्क नबेहोरेमा नेपाली श्रमिकले तिर्नुपर्ने सेवा शुल्क नेपाल सरकारले निर्धारण गर्नेगरी श्रम मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको छ ।

संविधान संशोधन बहसपत्र प्रतिवेदन लेखन अन्तिम चरणमा

संविधान संशोधन बहसपत्र प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको बताइए पनि कार्यदलमा ८३ दिनसम्म सहभागी भएपछि नेकपा, जसपा र लोसपाबाट प्रतिनिधित्व गरेका सदस्यहरू बाहिरिएका छन् ।

सिरहाबाट वन अधिकृत घुससहित पक्राउ

अख्तियारले सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख रामकेवल राय यादवलाई घुससहित पक्राउ गरेको हो ।

सरकारसँग सहमतिपछि दृष्टिविहीन समुदायको आन्दोलन स्थगित 

आन्दोलनरत पक्षसँग मंगलबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा भएको वार्तापछि विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको आन्दोलन स्थगित भएको हो ।