बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगीबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगीबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राव हुन्छ ।