कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनविरुद्ध पत्रकार काफ्लेले दिए उजुरी

काठमाडौँ — अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता सुरेन्द्र काफ्लेले गलत अडियो उत्पादन गरी त्यसमा आफ्नो समेत नाम जोडेर सम्प्रेषण गरेको भन्दै कारबाहीको मागसहित प्रेस काउन्सिसल र पत्रकार महासंघमा उजुरी दिएका छन् ।

भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनविरुद्ध पत्रकार काफ्लेले दिए उजुरी

सिधाकुरा डट कम अनलाइनले शुक्रबार सम्प्रेषण गरेको अडियो भ्रामक रहेकाले त्यसलाई कारबाही गर्न ध्यानाकर्षण गराएका हुन् ।

'तथ्यहीन समाचारमा मेरोसमेत नाम जोडेर प्रसारण भएको रहेछ । पत्रकारिताको मूल्य, मान्यता र आचार संहिताको ठाडो उल्लंघन गर्दै मेरो नाम जोडेर चरित्र हत्या गरि मान प्रतिष्ठामा आघात पुर्‍याएकाले छानबिन गरि यसमा संलग्नलाई अबिलम्ब कारवाहीको लागि यो निवेदन पेस गरेको छु' काफ्लेले दिएको उजुरीमा छ ।

पत्रकारिताको निष्ठा, मूल्य मान्यता र आचार संहितामा रहेर दुई दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा संलग्न रहेको उल्लेख गर्दै उनले आरोप पुष्टी गर्न चुनौती दिएका छन् ।

'मैले भन्दै नभनेको र बोल्दै नबोलेको अवस्थामा कपोलकल्पित ढंगले भ्रमपूर्ण तबरमा फेक अडियो निर्माण गरिएको छ . जुन पात्रले बोलेको कुरा मेरो भनाइ भनिएको छ, त्यो मेरो आवाज नभएको स्पष्ट पार्न चाहन्छु । काउन्सिलले यसको प्राविधिक परीक्षण गरी सत्य तथ्य पहिल्याओस् भनी आग्रहसमेत गर्दछु' काफ्लेले भनेका छन् ।

यसबाट आफ्नो इज्जत प्रतिष्ठामा पुगेको क्षतिको दण्डको लागि नेपाल सरकारका सम्बन्धित निकायमार्फत दोषिसँग लडिरहने उनले उद्घोष गरेका छन् । 'अतः उक्त निराधार, भ्रमपूर्ण सामग्रिमाथि अविलम्ब प्रतिबन्ध लगाई सम्बन्धितमाथि छानबिन गरि हदै सम्मको कारवाहीको लागि यो निवेदन पेश गरेको छु' काफ्लेको निवेदनमा छ ।

प्रकाशित : वैशाख १४, २०८१ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?