शिक्षा मन्त्रालयको निर्णय : घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![शिक्षा मन्त्रालयको निर्णय : घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/educationa-minister-0752024025902-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले बताएको छ। मन्त्रालयमा शिक्षकहरुलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।
शिक्षकहरूलाई अध्ययन अध्यापन बाहेक अन्य कार्यमा लगाउन नहुने आवाज उठ्दै आएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया