कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

त्रिभुवन विश्वविद्यालयमा 'डेटा एण्ड एक्चुअरियल साइन्स'को पढाइ हुने

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा एक्चुअरियल साइन्स र डेटा साइन्सको पढाइ सञ्चालन गर्ने भएको छ । 

त्रिभुवन विश्वविद्यालयमा 'डेटा एण्ड एक्चुअरियल साइन्स'को पढाइ हुने

कक्षा सञ्चालन तयारीका लागि विद्यार्थी भर्ना खोलिएको कार्यक्रम संयोजक केशबराज फुलाराले जानकारी दिए । कक्षा-१२ उत्तीर्ण विद्याथीले प्रवेश परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा-१२ को नतिजा साउन तेस्रो साता भित्र सार्वजनिक हुने जनाएको छ । त्यसपछि विश्वविद्यालयहरुमा नयाँ शैक्षिकसत्रको थालनी हुनेछ । एक्चुअरीयल साइन्स र डेटा साइन्सको पढाई सेमेष्टर प्रणलीअनुसार हुने फुलराले बताए ।

यी विद्यार्थीमा स्कुलले ४०/४० विद्यार्थी मात्रै भर्ना लिने जनाएको छ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीलाई मेरिटको आधारमा भर्ना लिईनेछ । शिक्षण शुल्क ५ लाख ३० हजार तोकिएको छ ।

शुल्क किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरिएको छ भने उत्कृष्ट एक/एक जना छात्रछात्राले जेहेन्दार छात्रवृत्ति प्राप्त गर्नेछन् । भर्ना हुनेमध्ये १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने स्कुलले जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×