कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

समाजशास्त्र विभागको प्रमुखमा सहप्राध्यापक शेर्पा नियुक्त

भाद्र १०, २०८१
समाजशास्त्र विभागको प्रमुखमा सहप्राध्यापक शेर्पा नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सहप्राध्पाक पासाङ शेर्पा नियुक्त भएका छन् ।

आइतबार त्रिवि कार्यकारी परिषद्ले समाजशास्त्रमा शेर्पा र भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखमा डा. करुणाखर खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

समाजशास्त्र विभागको विभागीय प्रमुख नियुक्तिका विषयमा त्रिविमा विवाद देखिएपनि वरिष्ठताकै आधारमा शेर्पालाई नियुक्त गरिएको कार्यकारी परिषद्ले जनाएको छ । विभागीय प्रमुखको कार्यालय ४ वर्षको हुनेछ ।

विभागका प्रमुख युवराज लुईंटेलको कार्यकाल साउन मसान्तदेखि सकिएको थियो । विभागले वरिष्ठताको आधारमा एक नम्बरमा शेर्पा, दोस्रो नम्बरमा टीकाराम गौतम र तेस्रो नम्बरमा मनहरी ढकालको नाम सिफारिस गरेको थियो ।

तर मानविकी तथा समाजिक शास्त्र डिन कार्यालयले एक नम्बरमा गौतम र दुई नम्बरमा शेर्पाको नाम राखेर कार्यकारी परिषद्मा पठाएको थियो । उक्त सिफारिस पछि कांग्रेस र एमाले निकट अध्यापक, विद्यार्थीबीच विवाद भएको थियो । कांग्रेस निकटले गौतम र एमाले पक्षकाले शेर्पालाई नियुक्त गर्न माग गरेका थिए ।

केही विद्यार्थीले गौतमलाई नियुक्ति गर्न पदाधिकारीलाई धम्की समेत दिएको आरोप छ । त्रिविका पदाधिकारीले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै सुरक्षाको माग समेत गरेका थिए ।

प्रकाशित : भाद्र १०, २०८१ १३:५४
x
×