कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा खतिवडा

भाद्र १७, २०८१
संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा खतिवडा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिएका हुन् ।

सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

प्रकाशित : भाद्र १७, २०८१ २१:५७
x
×