२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

गोरखा — गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ डाडावेंसीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

गोरखामा टिपर दुर्घटना : ४ जना घाइते

भीमसेन थापा गाउँपालिका–२ का ४३ वर्षीय महेन्द्र भट्टराई, गंगा लामिछाने, बाराको कलैया घर भएका २१ वर्षीय रोशन यादव, बाराको गमरिया गाउँपालिका–२ का २६ वर्षीय रामविश्व पासवान घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार वीरगन्जबाट इँटा लिएर आरुघाटतर्फ जाँदै गरेको ना ८ ख ५९३६ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । चारै जना घाइतेको आरुचनौट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?