कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रतिपक्षको काम समीकरण भत्काउने परम्परा नै भइसक्यो : प्रधानमन्त्री दाहाल 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षमा जाने बित्तिकै सत्ता समीकरण भत्काउनका लागि विभिन्न चलखेल गर्ने परम्परा बसेको बताएका छन् ।

प्रतिपक्षको काम समीकरण भत्काउने परम्परा नै भइसक्यो : प्रधानमन्त्री दाहाल 

माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष कांग्रेसले सत्ता समीकरण भत्काउने परम्परालाई निरन्तरता दिएपनि सफल नहुने बताएका हुन् । 'प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो,' दाहालले भनाइ उल्लेख गर्दै एक सांसदले भने, 'तर तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन ।'

प्रधानमन्त्री दाहालले सत्ता र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूभित्र देखिएका अन्तरविरोध भने गम्भीर प्रकारका रहेको बताए । सत्तारुढ दलहरूमा एमाले र एकीकृत समाजवादीबीच अन्तरविरोध जारी रहेको बेला दाहालको यस्तो भनाइ आएको हो । 'सत्तापक्ष र प्रतिपक्षका कतिपय पार्टीहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर प्रकारका देखिन्छन्,' दाहालले भनेका थिए ।

संसद्मा सक्रिय भएर भूमिका निर्वाह गर्न दाहालले सांसदहरूलाई निर्देशन दिएका थिए । उनले कानुन निर्माण र संसदीय समितिमा उपस्थित भएर आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका थिए ।

संघीय संसद्को बजेट अधिवेशन बैशाख २८ गतेका लागि बोलाइएको छ ।

प्रकाशित : वैशाख २२, २०८१ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?