कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मिङमार र सुशनलाई कान्तिपुर हाफ म्याराथनको कलेज रनको उपाधि

काठमाडौँ — मिङमार सिन्जी तामाङ र सुशन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । मिङमार पुरुष र सुशन महिलातर्फ विजेता बनेका हुन् । 

मिङमार र सुशनलाई कान्तिपुर हाफ म्याराथनको कलेज रनको उपाधि

कान्तिपुर पब्लिकेशनको आयोजनामा र ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फ मिङमारले २२ मिनेट ०२.९ सेकेन्ड र महिला तर्फ सुशनले २९ मिनेट ५५.८ सेकेन्डको समय निकाले ।

पुरुषतर्फ विश्वराम कुँवर २२ मिनेट ३१.२ सेकेन्ड, रेम बुढामगर २२ मिनेट ५१.८ सेकेन्ड, पुकार जंग बस्नेत २३ मिनेट २५.४ सेकेन्डका साथ चौथो, लोकेन्द्र राई २३ मिनेट ३०.७ सेकेन्डका साथ क्रमशः दोस्रो देखि पाँचौं भए ।

महिलातर्फ रेजिना दुलाल ३० मिनेट १३.९ सेकेन्ड, मन्जु सुनुवार ३१ मिनेट १५.१ सेकेन्ड, निसम सुब्बा ३२ मिनेट ५१.८ सेकेन्डका साथ सजिना कार्की ३६ मिनेट १८.२ सेकेन्डका साथ क्रमशः दोस्रो देखि पाँचौं भए । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

‘रन टु इन्स्पायर द यङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथनको कलेज रन सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल, तीनकुने घुमेर पुनः बानेश्वर, माइतीघर मण्डल, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०८१ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×