२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

रमेश र ऐश्वर्य कान्तिपुर हाफ म्याराथनमा ह्विलचेयरतर्फ च्याम्पियन

काठमाडौँ — रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि कान्तिपुर हाफ म्याराथनको ह्विलचेयरतर्फ विजेता भएका छन् । कान्तिपुर पब्लिकेशनद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका रमेश पुरुषतर्फ र मकलबारीकी ऐश्वर्य महिला तर्फ विजेता बनेका हुन् । गत वर्ष पनि ह्विलचेयरतर्फ रमेश र ऐश्वर्य नै विजेता बनेका थिए । 

रमेश र ऐश्वर्य कान्तिपुर हाफ म्याराथनमा ह्विलचेयरतर्फ च्याम्पियन

सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डल फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिएको थियो । रमेशले ३ मिनेट १९.९ सेकेन्डको समयका साथ रेस पूरा गरेका थिए ।

आर्मीका दानबहादुर थिङ ३ मिनेट ४९.७ सेकेन्डका साथ दोस्रो, गोकर्णेश्वरका रामकाजी मिजार ४ मिनेट ३६.३ सेकेन्डका साथ तेस्रो हेटौंडाका दीपक तिमल्सिना ५ मिनेट ०८.५ सेकेन्डका साथ चौथो र मूलपानीका होमबहादुर मगर ५ मिनेट ४०.१ सेकेन्डका साथ पाँचौं भए ।

महिलातर्फ ऐश्वर्यले ५ मिनेटमा ३६.५ सेकेन्डका साथ रेस पूरा गरिन् । बागबजारकी यामी झाँक्रीमगर ५ मिनेट ३८.८ सेकेन्डका साथ दोस्रो, खोटाङकी रजनी राई ५ मिनेट ४६.५ सेकेन्डका साथ तेस्रो, जोरपाटीकी पेमा दोपका गुरुङ ६ मिनेट ०६.७ सेकेन्डका साथ चौथो र कपनकी मिना मगर ७ मिनेट १४.३ सेकेन्डका साथ पाँचौं भए ।

म्याराथनमा ह्विलचेयर रेसतर्फ विजेताले ३० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर म्याराथनको उद्घाटन गरेका थिए ।

प्रकाशित : जेष्ठ ५, २०८१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?