कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विकेश र कृपालाई कान्तिपुर हाफ म्याराथनको कर्पोरेट उपाधि

काठमाडौँ — विकेश घिमिरे र कृपा अधिकारीले कान्तिपुर हाफ म्याराथनको कर्पोरेट रन जितेका छन् । कान्तिपुर पब्लिकेशन लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको कर्पोरेटमा विकेश र कृपा क्रमशः पुरुष र महिलातर्फ विजेता बनेका हुन् ।

विकेश र कृपालाई कान्तिपुर हाफ म्याराथनको कर्पोरेट उपाधि

सेन्ट्रल बिजेनस पार्कबाट सुरु भएको ५ किलोमिटर कर्पोरेट रेस थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः बानेश्वर, माइतीघर मण्डल, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिएको थियो । विकेशले १७ मिनेट १५.४ सेकेन्डको समय निकाले ।

अनिल थापा १८ मिनेट ३७.९ सेकेन्डका साथ दोस्रो, मदन सिंह भाट १८ मिनेट ५९.७ सेकेन्डका साथ तेस्रो, उपेन्द्र कठायत २० मिनेट २२.२ सेकेन्डका साथ चौथो र विद्यामान महतरा २० मिनेट २८.२ सेकेन्डका साथ पाँचौं भए ।

त्रिभुवन आर्मी भलिबल टिमकी कप्तान कृपाले २३ मिनेट २५.७ सेकेन्डका साथ कर्पोरेट रनमा विजेता बनेकी हुन् । विनिता महर्जन २५ मिनेट १०.७ सेकेन्डका साथ दोस्रो, सीता रिमाल २६ मिनेट ०४.६ सेकेन्डका साथ तेस्रो, लदिन प्रधान २६ मिनेट २१.६ सेकेन्डका साथ चौथो भए ।

कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रकाशित : जेष्ठ ५, २०८१ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×