कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हरिराम उप्रेती

गोरखा — गोरखा–आवुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११ चौधकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

शुक्रबार गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा गहतराज घाइते बनेका थिए । उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार उनकी श्रीमती सीता गहतराज घाइते भएकी छिन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १४, २०८१ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?