२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

बाग्मती — बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ । 

बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

बाग्मती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन ।

समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउनुहुन्छ । गत शुक्रबार बसेको बाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकले प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो ।

बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरु चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए । सोही बैठकले प्रदेशसभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए । बाग्मती प्रदेशसभामा एक सय १० जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?