१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सल्यानमा ११ उम्मेदवारको धरौटी जफत 

विप्लव महर्जन

सल्यान — यही मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सल्यानमा ११ जना उम्मेदवारको धरौटी जफत भएको छ । कानुनी व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका ११ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

सल्यानमा ११ उम्मेदवारको धरौटी जफत 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८ जना उम्मेदवार रहेकामा प्रतिनिधिसभातर्फ राप्रपाका नेत्रलाल श्रेष्ठ, मालेका भिमबहादुर ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा, स्वतन्त्रका जुद्धकुमार सिंहको धरौटी जफत भएको निर्वाचन अधिकृत नीमराज भट्टराईले बताए ।

प्रदेशसभाअन्तर्गत सल्यान १ मा राप्रपाका शिवबहादुर ओली, मालेका तुले सुनार, स्वतन्त्र उम्मेदवार रमेश बुढाथोकी, २ मा राप्रपाका नारायणकुमार शर्मा, जनमुक्ति पार्टीका दण्डवीर पुन, जसपाका अशोक रेउले र स्वतन्त्र निर्मल सिंहको धरौटी जफत भएको उनले जानकारी गराए । उनका अनुसार जिल्लामा कुल मतदाता १ लाख ५७ हजार ७ सय १ रहेका थिए । त्यसमध्ये ८४ हजार मत खसेको थियो भने त्यसमध्ये ६३ हजार सदर भएको थियो ।

सदर मतको १० प्रतिशतअनुसार एक उम्मेदवारले कम्तीमा पनि ६ हजार ३ सय मत ल्याउनु पर्नेमा प्रतिनिधिसभाका उम्मेदवार नेत्रलाल श्रेष्ठले २ हजार २ सय ९३, भीमबहादुर ओलीले १ हजार ५ सय ९५, पवनराज देवकोटाले ३ हजार ६ सय ९४, जुद्ध कुमार सिंहले २ सय ५ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभाअन्तर्गत सल्यान १ मा शिवबहादुर ओलीले १ हजार ५ सय ६४, तुले सुनारले २ सय ६०, रमेश बुढाथोकीले ५ सय ६३ , र २ मा नारायण कुमार शर्माले २ हजार ५ सय ७७, दण्डविर पुनले १ सय १३, अशोक रेउलेले १ सय ३८ र निर्मल सिंहले २ सय ५ मत ल्याएका थिए ।

प्रकाशित : मंसिर २१, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?