लीला गिरी : 'निष्ठा र इमान्दारिताको राजनीति'ले मुख्यमन्त्रीसम्म

पुस २७, २०७९

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरी नियुक्त भएका छन् । बाल्यकालदेखिकै राजनीतिप्रतिको जागरण, समर्पण, निष्ठा र इमान्दारिताले गिरीलाई जीवनको उत्तरार्द्धमा प्रदेशको मुख्यमन्त्री...

यी हुन् प्रदेश १ सभाका नवनिर्वाचित ९३ सदस्य

निर्वाचन आयोगले प्रदेश १ सभा सदस्यको निर्वाचन सम्पन्न भएको अन्तिम परिणाम शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बुझाएको छ । निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएसँगै आगामी पाँच वर्षका लागि प्रदेशसभाका लागि ९३ सदस्य चुनिएका छन् ।

प्रदेश प्रमुख खापुङलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले बुझाए अन्तिम परिणाम

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम  शनिबार बुझाएका छन् । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । 

समानुपातिकमा कांग्रेसका २२ र एमालेका २९ नयाँ

प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचितमध्ये एमालेका २९ र कांग्रेसका २२ सांसद नयाँ छन् । एमालेका ३४ सांसदमध्ये रघुजी पन्त, एकनाथ ढकाल, हेमराज राई, गंगाप्रसाद यादव र अमृता अग्रहरीबाहेक सबै नयाँ हुन् ।

सिँगारिँदै संसदीय दलका कार्यालय

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ अधिवेशन सुरु हुने भएपछि त्यसको तयारीलाई तीव्रता दिएको छ । २०७४ सालको चुनावपछि बनेको संसद् भन्दा यसपटक राष्ट्रिय पार्टीहरुको संख्या बढेपछि सचिवालयले नयाँ कार्यालय पनि बनाउन थालेको छ । यसपटक राष्ट्रिय दलका रूपमा थपिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीका र राप्रपाका लागि नयाँ कार्यालय बनाइएको छ ।

प्रदेश संसदीय दल नेता बन्न दौडधुप

प्रदेशमा सत्ता समीकरणको स्पष्ट चित्र नआउँदै मुख्यमन्त्रीका आकांक्षीले संसदीय दलको नेता बन्न दौडधुप सुरु गरेका छन् । बहुमत जुटे मुख्यमन्त्री बन्न सकिने, त्यो सम्भव नभए संसदीय दल नेताको सुविधा लिने मनसायका साथ उनीहरूले सम्बन्धित दलभित्र कसरत थालेका हुन् । 

प्रतिनिधिसभामा ४० दलको जमानत जफत

प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने ४० वटा दलको जमानत जफत भएको छ । बन्दसूची पेस गर्ने ४७ दलमध्ये प्रत्यक्षतर्फ सिट जितेका पाँचसहित ४० दलले समानुपातिकमा एक सिट पनि पाउन नसकेका हुन् ।

खिलराज वा सोसरहलाई राष्ट्रपति बनाउने खेल

सरकार गठनका लागि सांसद संख्याको जोडघटाउ भइरहेका बेला नेपथ्यमा भने राष्ट्रपति पदमा गैरराजनीतिक व्यक्ति ल्याउने प्रपञ्च भइरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत एक दशकअघि न्यायपालिका र कार्यपालिकाको प्रमुख भएका खिलराज रेग्मी वा त्यस्तै व्यक्तिलाई राष्ट्रप्रमुख बनाउन नाटकीय गृहकार्य भएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो । 

जो बढी र कम मतान्तरले निर्वाचित भए

सुदूरपश्चिमका ३२ प्रदेश निर्वाचन क्षेत्रबाट विजयी नवनिर्वाचित सांसदमध्ये अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) बाट मेघराज खड्का सर्वाधिक मतान्तरमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार खड्काले अछाम १ (१) बाट निकटम प्रतिस्पर्धीभन्दा ५ हजार ८४० बढी मत ल्याएका हुन् ।

समानुपातिकतर्फको सूची यथावत राख्न निर्वाचन आयोगलाई एमालेको पत्र

नेकपा एमालेले समानुपातिकतर्फ पुरानै सूचीलाई यथावत राख्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ । निर्वाचन आयोगले केही क्लस्टर नमिलेको उल्लेख गर्दै पठाएको पत्रको जवाफमा एमालेले आफूले पठाएको सूची उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप रहेको जनाएको हो । 

'सरकारमा जान पार्टीमा छलफल नै छैन, रवि सर ९९.९९% जान्छौं भन्नुहुन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद छनोट गर्दा पार्टीको विधि र नीति मिच्यो भन्ने आरोप आइरहेको छ । पार्टीका नेताहरूले नै विधि मिचेर समानुपातिक सांसद छनोट गरिएको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छन् ।

४३ समानुपातिक सांसदमा ३४ महिला

मधेस प्रदेशका ४३ जना समानुपातिक सांसदमा ३४ महिलाले अवसर पाएका छन् । प्रत्यक्षतर्फ प्रदेशमा जम्मा ४ जना महिला मात्र निर्वाचित भएका थिए । त्यसैले दलहरूले समानुपातिकतर्फ धेरैजसो महिला सांसद समेट्नुपरेको हो ।

कांग्रेसमा समानुपातिक छनोटप्रति असन्तुष्टि

सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक सांसद् छनोटको विषयमा नेताहरुले चर्को असन्तुष्टि पोखेका छन् । नेतृत्वले समावेशी समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत हुने गरी आफूनिकट र नातागोतालाई काखी च्यापेर समानुपातिक सूची बुझाएको र त्यहीअनुसार निर्वाचित भएको भन्दै नेताहरुले नेतृत्वप्रति नै आक्रोश पोखिरहेका छन् । 

नयाँ सरकार गठन प्रक्रिया यही साता

प्रतिनिधिसभाअन्तर्गत दलहरुले समानुपातिकतर्फको सूची बुझाएसँगै बिहीबारबाट सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ बुझाएको नामावलीमा रहेको त्रुटि सच्याउन राजनीतिक दललाई सोमबारसम्म समय दिएको छ ।  

जसपाले आयोगमा पठायो समानुपातिक सांसदको नाम

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । 

राप्रपाले आयोगलाई बुझायो ५ महिलासहित ७ समानुपातिक सांसदको सूची

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । राप्रपाले शनिबार साँझ अबेर निर्वाचन आयोग पुगेर ५ महिलासहित ७ जनाको नाम पेस गरेको हो । 

कांग्रेसले साँझ ८ बजेसम्म पनि बुझाएन समानुपातिक सूची, कर्मचारी कुरेको कुर्‍यै

प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम विभिन्न दलहरूले निर्वाचन आयोगलाई सिफारिस गरेका छन् । तर समानुपातिकमा दोस्रो धेरै सिट जितेको नेपाली कांग्रेसले ८ बजेसम्म नाम सिफारिस गरेको छैन ।

सात प्रदेशसभामा एमालेले क-कसलाई पठायो ? [सूची]

नेकपा एमालेले सातवटै प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित सांसदहरुको नाम छनोट गरेको छ । पार्टी मुख्यालय च्यालसमा शनिबार बसेको सचिवालय बैठकले उनीहरुको नाम छनोट गरेको हो । जसअनुसार खास आर्य महिलातर्फ शीला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), निरादेवी खनाल आचार्य (सुनसरी), गीतादेवी रेग्मी (उदयपुर) रहेका छन् ।