२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मणि दाहाल

दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

मणि दाहालका लेखहरु :

जाजरकोट भूकम्पको 'डाइरेक्सनल इफेक्ट' दक्षिण पूर्वी दिशामा

जाजरकोट भूकम्पको ‘डाइरेक्सनल इफेक्ट’ दक्षिण पूर्वी दिशामा देखिएको छ । त्यस क्षेत्रमा पुगेको वैज्ञानिकको टोलीले क्षतिको अवस्थाको अध्ययन गरेर ‘डाइरेक्सनल इफेक्ट’ दक्षिण–पूर्वमा देखिएको निष्कर्ष निकालेका हुन् । 

प्रभाव क्षेत्रमा अवरोधपछि मध्य पहाडतिर एमाले

जातीय पहिचानको विषय उठाएर आफ्नो प्रभाव क्षेत्र पूर्वी पहाडमा अवरोध सिर्जना भएपछि एमालेले मध्य पहाडी लोकमार्गमा तीन साताको राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

४ दिनमा ४३९ पटक परकम्प

शुक्रबार मध्यरात जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएयता मात्र ४ सय ३९ पटक परकम्प गएका छन् । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसमध्ये ४ म्याग्निच्युडभन्दा माथिका १० वटा परकम्प गएको छ । जसमा सबैभन्दा ठूलो परकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको थियो ।

जाजरकोट भूकम्पले बजाएको 'अलार्म’

गत शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालको भूगर्भमा निरन्तर हलचल रहेको देखाएको छ । ५ सय वर्षदेखि यस क्षेत्रमा ठूलो भूकम्प गएको थिएन । पछिल्ला दुई वर्षमा मुलुकमा ४ म्याग्निच्युडभन्दा ठूला ७ सहित ३ सय ३९ वटा परकम्प गएको रेकर्ड गरिएको छ ।

गुटेरेसको नेपाल सन्देश : हिमाली क्षेत्रको समस्या विश्वकै मुद्दा

सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्व मञ्चमा सकारात्मक सन्देश छरेको छ । परराष्ट्र मामिलाका जानकारले नेपालले विश्व मञ्चमा सुनाउनुपर्ने महत्त्वपूर्ण विषयलाई महासचिव गुटेरेसले कूटनीतिक रूपमा प्रवाह गरेको टिप्पणी गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी महासचिव गुटेरेस बुधबार स्वदेश फर्किएका छन् । 

नेपालमा बीआरआईका दुई परियोजना मात्रै

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालका दुईवटा परियोजना मात्रै सूचीकृत गरेको छ । बेइजिङमा बीआरआई फोरमको तेस्रो सम्मेलनपछि जारी गरिएको अध्यक्षको वक्तव्यमा बीआरआईअन्तर्गत नेपालमा जनस्तर र गरिबी निवारणअन्तर्गत दुईवटा परियोजना मात्रै सञ्चालनमा रहेको उल्लेख छ ।

एमाले प्रदेश अधिवेशन : कार्यकर्ताले फर्काएको ‘आन्तरिक लोकतन्त्र’

मधेश प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डललाई निर्वाचित गरेसँगै एमालेको ७ वटा भूगोल र एक गैरभौगोलिक प्रदेश अधिवेशन सकिएको छ । मण्डलसँगै मधेश प्रदेशका २ सय ३५ सदस्यीय कमिटी गठन सर्वसम्मत भएका छन् भने पार्टी कार्यकर्ताले नेतृत्व छनोटको लोकतान्त्रिक विधिलाई पुनः ट्र्याकमा ल्याएका छन् ।

कांग्रेसमा ‘कोशी विद्रोह’ को सन्देश

कांग्रेस पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध एमालेको समर्थनमा कांग्रेस सांसद केदार कार्कीले बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि एकाएक राष्ट्रिय राजनीतिमा हलचल उत्पन्न भयो । उनको दाबीलाई निस्तेज पार्न कांग्रेस र गठबन्धनले सबै हत्कण्डा प्रयोग गर्ने आकलन गरिएको थियो ।

एमाले अधिवेशन : मधेशमा ३ आकांक्षी

नेकपा एमालेको पहिलो मधेश प्रदेश अधिवेशनमा तीन जना अध्यक्षको आकांक्षी देखिएका छन् । सिरहाका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सर्लाही अध्यक्ष राजनारायण साह र बाराका विचारी यादवले अध्यक्षमा दाबी गरेका छन् । पर्साका यादव प्रदेश कमिटीका सचिवालय सदस्य हुन् ।

देशव्यापी अभियानमा एकीकृत समाजवादी

संगठनभित्र देखिएको अन्योल र कार्यकर्तामा छाएको निराशा चिर्न एकीकृत समाजवादीले मेची–महाकाली अभियान सुरु गरेको छ । विद्यमान प्रमुख समस्याका अतिरिक्त पार्टी संगठनका विषयमा पनि बहस हुने पार्टीले जनाएको छ । साउनको पहिलो साता भएको सचिवालय बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।