सुदूरपश्चिमको २१ समानुपातिकमा १८ महिला चुनिने- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

सुदूरपश्चिमको २१ समानुपातिकमा १८ महिला चुनिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फको २१ स्थानमा कम्तीमा १८ जना महिला प्रतिनिधित्व हुने भएको छ । प्रदेशसभामा कुनै पनि दलबाट प्रत्यक्षतर्फ महिला निर्वाचित भएको कारण एक तिहाई महिला प्रतिनिधित्व गराउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनु पर्ने भएको हो ।

जसअनुसार एमालेले प्राप्त गरेको ७ समानुपातिक सिटमा ४ महिला निर्वााचित गर्नुपर्ने छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट एमालेका ३ जना निर्वााचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले प्राप्त गरेको ७ स्थानमा सबै महिला प्रतिनिधित्व गराउनु पर्नेछ । कांग्रेसको प्रत्यक्षतर्फ १२ जना सांसद निर्वाचित रहेका छन् ।

प्रत्यक्षतर्फ ८ स्थानमा जित हासिल गरेको नेकपा माओवादी केन्द्रले समानुपातिकमा प्राप्त गरेको ४ समानुपातिक स्थानमा ३ जना महिला पठाउनुपर्ने छ । त्यसैगरी प्रत्यक्षमा ५ स्थानमा जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको २ स्थानमा महिला पठाउनु पर्छ ।

राप्रपाले समानुपातिक प्राप्त गरेको स्थानमा महिला पठाउनुपर्ने छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले प्राप्त गर्ने १ स्थानमा महिला पठाउनु पर्छ । प्रत्यक्षतर्फ ३ स्थानमा जितेको सो दलले २ महिला पठाउनु पर्ने छ ।

प्रकाशित : मंसिर २१, २०७९ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्

आईजीपी रनिङ ट्रफी सुरु

कान्तिपुर संवाददाता

काभ्रे — २८ औं अन्तरस्कुल आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता बुधबार सुरु भएको छ । नेपाल प्रहरी विद्यालयको आयोजनामा सुरु प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले उद्घाटन गरे ।

प्रतियोगितामा १५ विद्यालयका १६ टिम सहभागी छन् । विजेताले ५० हजार, दोस्रोले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । म्यान अफ द म्याच, हाइस्कोरर, प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिनेछ ।

२०४९ सालदेखि हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन । उद्घाटन खेलमा आयोजक नेपाल प्रहरी विद्यालय ‘ए’ ले बेलर एकेडेमीलाई ५–० ले हरायो । अर्को खेलमा नेक्सस स्कुल काठमाडौंले काभ्रे माविमाथि ५–० को जित पायो ।


प्रकाशित : मंसिर २१, २०७९ २२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×