प्रदेश १ मा एमाले पहिलो, बहुमतका लागि ७ सिट अपुग

काठमाडौँ — प्रदेश १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ ।

प्रदेश १ मा एमाले पहिलो, बहुमतका लागि ७ सिट अपुग

९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । राप्रपाले सरकार गठनका लागि एमालेसँग गठबन्धन गरे पनि बहुमतका लागि १ स्थान कम हुनेछ । एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा ४ स्थान हात पारेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सिट हात पारेको छ । कांग्रेसको कुल सिट संख्या २९ भएको छ । त्यसैगरी तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । प्रत्यक्षमा ९ र समानुपातिकमा ४ स्थान प्राप्त गरेको छ । यो सहित माओवादीको १३ स्थान भएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा ४ जना सांसद रहने भएको छ । सो दलले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ स्थान प्राप्त गरेको छ ।

त्यसैगरी जसपाले समानुपातिकतर्फ १ स्थान प्राप्त गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?