हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात भएपछि किसान खुसी भएका छन् । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको हो । बिहीबार बिहानदेखि मौसममा बदली भई हुम्लामा भारी हिमपात भएको छ ।
हिमाली जिल्ला हुम्लामा हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि चलेको हावाहुरी शुक्रबार पनि चलेकाले हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् ।
हिमाली क्षेत्रका लामा समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५० शनिबारबाट सुरु भएको छ । पुष कृष्ण चतुर्दशीका दिनदेखि मनाउने गरिए पनि तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष पर्व भने पुष शुक्ल प्रतिपदाबाट विविध कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।
विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता लिन सकस भएको छ । चीनको सिमानासँग जोडिएको हिमालपारीको गाउँ हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तिल, हाल्जी र जाङ्ग तीनवटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्न लाग्दा समेत पाउन सकेका छैनन् ।
सोमबार दिउँसोबाट सिमकोट गाउँपालिका–८ खोल्सीगाउँकी एक किशोरी बेपत्ता भएकी छन् । १५ वर्षीया परेउकला सिंहले 'मेरो आत्माले शान्ति पाओस्' भन्ने शीर्षकको एउटा पत्र छोडी बेपत्ता भएको परिवारका सदस्यले बताए ।
हुम्ला जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२) बाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन् ।
बुधबार मध्याह्न चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत कार्य सुरु भएको छ । मर्मतका लागि आएको प्राविधिक टोलीले सिमकोटस्थित ठोक्किएर जहाजको नोजभित्र छिरेको चिल निकालेर क्षति पुगेको भागको मर्मत कार्य सुरु गरिएको हो ।
हुम्ला प्रदेशसभा (२)मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाही ७ हजार ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी उम्मेदवार छक्कबहादुर लामाले २ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् ।
निर्वाचन सम्पन्न भएको तीन दिनपछि हेलिकप्टरमा हुम्लाको दक्षिणी क्षेत्रका सबै मतपेटिका सदरमुुकाम सिमकोट ल्याइएको छ । बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सर्केगार्डदेखि सिमकोटमा पेटिका ल्याइएको हो। बुधबार दिउँसो १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने कार्य पूरा भएको मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले बताए ।