नेत्रविक्रम चन्द समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विक हतियारसहित पक्राउ परेका छन् । डीबी सिलवाल पनि भनिने उनलाई मोरङ प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको छ ।
नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएकाले आफैंले डसेर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिए ।
विराटनगरमा कोरोना संक्रमणले मंगलबार थप दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ की ९९ सय वर्षीया महिलाको नोबेल अस्पतालमा र झापाको बिर्तामोड नगरपालिका–४ की ७६ वर्षीया महिलाको विराट मेडिकल अस्पतालमा मृत्यु भएको हो ।
प्रदेश १ मा दिनहुँजसो लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । यिनै कारणले कोरोनाबाट हुने मृत्युदरसमेत बढ्दै गएको छ ।
कोसी अस्पतालमा उपचाररत जिल्ला कारागार मोरङका एक बन्दीको कोरोना संक्रमणले मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ का २० वर्षीय युवकको शुक्रबार मृत्यु भएको हो ।
कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रदेश १ का प्रयोगशालाहरूमा स्वाब परीक्षणको चाप बढेको छ । स्थानीय तहले आफैं भीटीएम किनेर स्वाब संकलन गरी प्रयोगशालामा पठाउन थालेका छन् ।