बझाङमा चट्याङ लागेर ४ जना घाइते
बझाङ — खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।
स्थानीय बाल्मीकि जोशीका अनुसार बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् भने एकिन्द्र खड्का सामान्य घाइते भएका छन् । घाइतेलाई गडराय स्वास्थ्य चौकी लगिएको स्थानीय फिट्टु खड्काले बताए ।
खप्तडछान्ना गाउँपालिका अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए ।
प्रकाशित : वैशाख २५, २०८१ २१:०८प्रतिक्रिया