२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

शंकर आचार्य

पर्सा — सशस्त्र प्रहरीले पर्सामा शनिवार र आइतबार २ दिनमा गरी करिब १४ लाख रुपैयाँ बराबरका तस्करीको मालसामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्सा अर्न्तगतका बिभिन्न  युनिटहरुबाट खटिएका टोलीले १३ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् । 

शनिवार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–२ स्थित भगुवा ईलाकाबाट ६ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो ।

त्यसैगरी शनिबार र आइतबार वीरगन्ज भन्सार मेनगेट वरपरको इलाकाबाट ७ लाख ६९ हजार ८ सय १२ रुपैयाँ बराबरको भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

बराममद भएका सामानहरुमा किराना सामान, कपडा, प्रतिबन्धित ब्रोइलर कुखुरा, इलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा ओसारपसारमा प्रयोग गरिएको बीआर ०५ एसी २१४५ भारतीय नम्बरको मोटरसाइकल र ना २ ह २६३२ नम्बरको अटो समेत बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

साथै बीओपी भिष्वा तथा बीओपी महादेवपट्टिबाट खटिएको टोलीले २३ हजार ७ सय २८ रुपैया बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपि देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

प्रकाशित : जेष्ठ ६, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?