कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बझाङ उपनिर्वाचन : एकजनाको उम्मेदवारी फिर्ता 

बझाङ — प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएका १२ जनामध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

बझाङ उपनिर्वाचन : एकजनाको उम्मेदवारी फिर्ता 

बझाङ प्रदेशसभा १ को लागि उम्मेदवारी दिएका नेपाली जनता दलका अशोक सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारहरुलाई मंगलबार नै निर्वाचन चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले जानकारी दिएका छन् । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अब ११ जनाबीच प्रतिस्पर्धा हुने छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ । कांग्रेसको तर्फबाट मृतक सिंहकै जेठा छोरा अभिषेकबहादुर सिंहले उम्मेदवारी दिएका छन् भने सत्तारुढ गठबन्धन आबद्ध दलहरुले पनि प्रदेशसभा उपनिर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनको ठूलो दल एमालेका तर्फबाट दमन भण्डारी र माओवादी केन्द्रका जनक बुढाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंहले उम्मेदवार भएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट किशोर खड्का, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र शाही र नेसनल रिपब्लिक पार्टीका तर्फबाट कमल घर्तीमगरको उम्मेदवारी कायम छ ।

जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्टले पनि प्रदेशसभा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् ।


प्रकाशित : चैत्र २७, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?