कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बझाङ उपनिर्वाचन : एमालेका दमन भण्डारीको उम्मेदवारी दर्ता

बझाङ — प्रदेशसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उनले पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । 

बझाङ उपनिर्वाचन : एमालेका दमन भण्डारीको उम्मेदवारी दर्ता

भण्डारी एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा, पूर्वराज्यमन्त्री आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, केन्द्रीय सदस्य ऐन महरसहित नेता कार्यकताको जुलुस लिएर उम्मेदवारी दर्ता स्थल पुगेका थिए ।

उम्मेदवारी दर्ताअघि एमाले पार्टी कार्यालयमा आयोजना गरेको सभामा बोल्दै उनले आफ्नो पक्षमा अनुभवी कोच रहेको बताउँदै निर्वाचनमा गोल हान्ने दाबी गरेका थिए ।

प्रकाशित : चैत्र २४, २०८० १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?