राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — राष्ट्रिय स्तरको मादल वादन प्रतियोगिता हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा बिहीबार (वैशाख २७) सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा उक्त प्रतियोगिता हुन लागेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/madal-0852024094313-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मुलुकमै पहिलो पटक यस्तो प्रतियोगिता हुन लागेको दाबी आयोजकको छ । उक्त यही २७ वैशाखमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।
अहिलेसम्म देशमा महिलाहरु वाद्यवादनमा पछि परेको भन्दै महिलाहरुले पनि यस क्षेत्रमा रहेर जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक एवं लोकदोहोरी गायिका टिका पुनले बताइन् । पुन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य समेत हुन । ‘नारीको कला, नारीको सान’ भन्ने मूल नारासहित कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा भाग लिनका लागि टिम दर्ता गर्ने म्याद गत मंगलबार (वैशाख २५ गतेसम्म) मिति तोकिएको थियो । सोहीअनुसार मुलुकका विभिन्न स्थानबाट टिम दर्ता भइसकेका छन् । काठमाडौं बाहिरबाट भाग लिन आउने प्रतियोगिहरूलाई खाने र बस्ने व्यवस्था पनि मिलाइएको संयोजक पुनले जानकारी दिइन् ।
सो प्रतियोगितामा विजेताले ५५ हजार रुपैयाँ, उपविजेताले ३५ हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार र चौथोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगीतामा भाग लिन हालसम्म ४२ जनाले नाम दर्ता गरिसकेका छन् ।
महिला मादल वादनमा प्रतियोगिले कम्तिमा ५ मिनेट या बढीमा ७ मिनेटभित्र आफ्नो प्रस्तुति दिनुपर्ने, मौलिक धुन वा गीतमा कम्तिमा दुईवटा ताल बजाउनुपर्ने छ । उक्त गीत वा धुनमा वादन वा गायनमा बढीमा तीन जनासम्म साथीहरु समावेश गर्न सक्ने र आफै गाएर पनि बजाउन सक्ने आयोजकले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)