कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भानु जयन्तीको अवसरमा भएको वक्तृत्वकलामा उपरकोटी पहिलो

गोरखा — २११ औं भानु जयन्तीको अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माध्यमिक विद्यालयकी आकृति उपरकोटी पहिलो बनेकी छिन् ।

भानु जयन्तीको अवसरमा भएको वक्तृत्वकलामा उपरकोटी पहिलो

ग्लोबल गोरखा समाजको आयोजनामा शनिबार भएको प्रतियोगितामा पहिलो बनेकी उपरकोटीले नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएकी छिन् । ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयमा प्रथम अन्तरमावि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

त्यस्तै जनशक्ति मावि नाम्जुङकी आर्या गोतामे दोस्रो, भिमोदय मावि आरुघाटका प्रदीप विश्वकर्मा तेस्रो तथा जनकल्याण मावि सिरानचोककी सरस्वती नेपाली र धर्मोदय मावि पालुङटारका सामुहिल श्रेष्ठ सान्त्वना बनेका छन् । दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश: ३५ हजार, २० हजार र १०/१० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक ग्लोबल गोरखा समाज नेपालका उपसंयोजक इन्द्रप्रसाद भट्टराईले बताए । प्रतियोगितामा जिल्लाका १० पालिकाका १९ जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेतालाई जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, ग्लोबल गोरखा समाजका नेपाल संयोजक यदु लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : असार २९, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×