कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

ख्याति प्राप्त पूर्वजर्नेल क्षत्रीको ‘जीवन सुन्दर छ’ पुस्तक सार्वजनिक 

श्रावण १८, २०८१
ख्याति प्राप्त पूर्वजर्नेल क्षत्रीको ‘जीवन सुन्दर छ’ पुस्तक सार्वजनिक 

काठमाडौँ — नेपाली सेनाका ख्याति प्राप्त शाहसिक जर्नेलका रुपमा चिनिएका रमीन्द्र क्षत्रीले आफ्नो जीवनलाई समेटेर ‘जीवन सुन्दर छ’ बजारमा पुस्तक ल्याएका छन् । अवकाश प्राप्त उपरथी क्षत्रीको पुस्तकको शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले विमोचन गरे ।

उनले पुस्तकमा आफ्नो ४० वर्षे सैनिक जीवनदेखि आफ्नो व्यक्तिगत जीवनको उतार–उढापलाई समेटेका छन् । माओवादी आक्रमणमा परी मृत्युलाई जितेका क्षत्री ह्वीयलचेयरमा रहेर पनि उत्तिकै फुर्तिला र जोशिला देखिन्छन् ।

उनीमाथि २०६० भदौ ११ मा सामाखुशीस्थित आफ्नै निवास अघि तत्कालीन माओवादीले आक्रमण गरेको थियो । त्यसयता उनको आधा शरीर नचल्ने अवस्थामा छ । प्रधानसेनापति शर्माले पुस्तकमाथि टिप्पणी गर्दै क्षेत्री सैनिक जीवनमा कहिल्यै हार नमान्ने व्यक्ति भएको उल्लेख गरे ।

क्षत्रीले आधा शरीर नचल्ने अवस्थामा भए पनि आफूले व्यहोरेको कष्ट र आत्मबल समेटेर पुस्तक ल्याएको बताए । पुस्तकमा विभिन्न सात खण्ड गरेर माओवादीले आक्रमण गर्दादेखि दरवारसँग जोडिएका घटनासमेत समेटिएको छ । उनले आफूमाथि भएको आक्रमण न्यायीक निरुपणको विषय भएको पनि उल्लेख गरे ।

प्रकाशित : श्रावण १८, २०८१ २१:५०
×