२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्वाहाम्फे विजयी

आनन्द गौतम

ताप्लेजुङ — नेकपा एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशनले डम्बरध्वज तुम्वाहाम्फेको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको छ । पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङसँग प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रीएका उनी प्यानलसहित विजयी भएका हुन । 

एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्वाहाम्फे विजयी

प्रतिस्पर्धीसाम्सोहाङलाई २६ मतले पराजित गरेका तुम्वाहाम्फेले १ सय ८३ मत प्राप्त गरे । साम्सोहाङले १ सय ५७ मत पाए । उपाध्यक्षमा दिपेन पोमु १ सय ७० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी छत्रपति प्याकुरेलले १ सय ५४ मत पाएका थिए ।

सचिवमा विजयी सन्तोष चाम्लिङले १ सय ६५ मत पाए । ६ मतले पराजित मणिशंकर पोमुले १ सय ५९ मत ल्याए । खुला उपसचिवमा गोपाल न्यौपाने १ सय ६४ मत ल्याएर विजयी भए । उनले प्रतिस्पर्धी सन्तोष प्रसाईंलाई ११ मतले पराजित गरे । प्रसाईंले १ सय ५३ मत ल्याए ।

महिला उपसचिवमा भीमादेवी ओझाले १ सय ६६ मत ल्याएर विजय हासिल गरिन् । प्रतिस्पर्धी शान्ता आङ्वोहाङले १ सय ५९ मत प्राप्त गरिन् । अध्यक्षमा निर्वाचित तुम्वाहाम्फे ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : वैशाख २६, २०८१ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?