कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बझाङमा शान्तिपूर्ण रुपमा मतदान हुँदै 

५ प्रतिशत मत खस्यो 

बझाङ — बझाङ प्रदेश सभा निर्वाचन  (१ ) मा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । बिहान ८ : ३० बजेसम्म निर्वाचन क्षेत्र भरीमा पाँच प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

बझाङमा शान्तिपूर्ण रुपमा मतदान हुँदै 

प्रदेश सभा निर्वाचन (१) अर्न्तगतका ७४ मतदानस्थलमा रहेका ९३ वटै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । ६१ हजार ७ सय ४८ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा मतदानको लाइन भने सबै केन्द्रमा पातलो देखिन्छ । बिहानको समय मानिसहरु काममा व्यस्त भएको हुनाले खाना खाइसके पछि मतदान केन्द्रमा मतदाताको संख्या बाक्लो हुने जिल्ला निर्वाचन अधिकारी मदन धामीले बताए ।

मतदान कार्य व्यवस्थित र सुरक्षित बनाउनका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए ।

सुरक्षा समितिको विश्लेषण अनुसार २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको कुइँकेलले बताए । सुरक्षा संवेदनशीलता हेरेर सातदेखि १५ जनासम्म प्रहरी एउटा मतदान केन्द्रमा खटाइएको छ । थप सुरक्षाकर्मीसहितको मोबाइल टोलीले पनि गस्ती गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले समन्वयतात्मक रुपमा काम गरिरहेको डीएसपी भरत शाहले बताए ।

प्रकाशित : वैशाख १५, २०८१ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?