ट्युनेसियालाई हराएर स्विडेन समूह 'एफ'को शीर्ष स्थानमा

स्विडेनले विश्वकप २०२६ मा सोमबार ट्युनेसियालाई ५–१ ले हराएर समूह 'एफ' को शीर्ष स्थानमा उक्लेको छ ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Sweden top Group F after beating Tunisia

काठमाडौँ — स्विडेनले विश्वकप २०२६ मा सोमबार ट्युनेसियालाई सजिलै ५–१ ले हराएर समूह 'एफ' को शीर्ष स्थानमा उक्लेको छ । स्टाडियो मोन्टेरीमा भएको खेलमा स्विडेनले ट्युनेसियामाथि सहज जित निकालेको हो । त्यसमा यासिन अयारीले दुई गोल गरे । यो जितपछि स्विडेनको तीन अंक भएको छ ।

यसै समूहका जापान र नेदरल्यान्ड्स एक एक अंकमा छन् । यसअघिको खेलमा उनीहरूले २–२ गोलको बराबरी खेलेका थिए । पराजित ट्युनेसिया भने शून्य अंकमा पुछारमा रह्यो । विजयी टिमका लागि अयारीले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै सातौं मिनेटमा गोल गरेका थिए ।
अलेक्जान्डर इसाकले ३० औं मिनेटमा स्विडेनका लागि दोस्रो गोल थपे । उनले एक्लै बल अगाडि बढाउने क्रममा सुन्दर गोल गरेका हुन् । ट्युनेसिया ४३ औं मिनेट एक गोल फर्काउन सफल रह्यो । ओमन रेकिकले ट्युनेसियाका लाग गोल गरेका हुन् ।ट्युनेसियाले बुनेको खेलको पहिलो आक्रमणमै गोल सम्भव भएको हो ।

स्विडेनले ट्युनेसियाविरुद्ध ५९ औं मिनेटमा फेरि दुई गोलको अग्रता लिन सफल रह्यो । ट्युनेसियाको रक्षापंक्तिको कमजोरीमा भिक्टर ग्योकेरेसले सजिलै गोल गरे । यस्तै खेलको ८४ औै मिनेटमा म्याथिस स्भानबगले चौथो गोल थपे । सुरुमा उनको गोलले मान्यता पाएको थिएन । तर पछि भारको मद्दतले गोलको निर्णय दिइएको हो ।
स्विडेनले इन्ज्युरी समयको पाँचौं मिनेटमा ट्युनेसियाविरुद्ध पाँचौं गोल गर्यो । जुन गोल अयारीको नाममा रह्यो ।

कान्तिपुर

Link copied successfully