यूएस ओपन खेल्न सुमनलाई लनर्सले सहयोग गर्ने

सुमनले प्रतियोगितामा पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Lawners to support Suman in US Open

काठमाडौँ — कराते खेलाडी सुमन तिमल्सिनालाई यूएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिप खेल्नका लागि लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले प्रायोजन गर्ने भएको छ ।

लनर्सका प्रबन्ध निर्देशक सुदीप छत्कुली र खेलाडी सुमनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिता अमेरिकाको फ्लोरिडामा २–४ जुलाईसम्म हुनेछ । सम्झौताअनुसार प्रतियोगितामा सहभागी हुन लनर्सले दुईतर्फी हवाई टिकट उपलब्ध गराउने सुमनले बताए । सुमन लनर्सका ब्रान्ड एम्बासडर पनि हुन् ।

सुमनले प्रतियोगितामा पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । सुमनले सन् २०२३ मा भएको यसै प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । लनर्सले २०२२ मा जर्मनीमा भएको चिमनिज ओपन करोतमा पनि सुमनलाई प्रायोजन गरेको थियो । त्यस प्रतियोगितामा पनि उनले स्वर्ण जितेका थिए ।

कान्तिपुर

Link copied successfully