फ्रान्सबाट उनले २०१८ मा विश्वकपको उपाधि जितेका थिए, तर उनलाई क्रोएसियासँग फाइनलमा खेलाइएको थिएन ।
काठमाडौँ — फ्रान्सका ओसमन डेम्बेले हाल खेलिरहेका खेलाडीमा विश्वको उत्कृष्ट खेलाडीमा पर्छन् । उनले लगातार दुई सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई युरोपेली च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
फ्रान्सबाट उनले २०१८ मा विश्वकपको उपाधि जितेका थिए, तर उनलाई क्रोएसियासँग फाइनलमा खेलाइएको थिएन । गत वर्ष उनलाई विश्वको उत्कृष्ट खेलाडीका लागि बालन डो’रको उपाधि दिइएको थियो । विश्वकप र च्याम्पियन्स लिग जित्नुका साथै बालोन डी’अरको उपाधि पाउने १० खेलाडीमा उनी एक हुन् ।
उनले २०२२ को पनि विश्वकप फाइनल खेले । अर्जेन्टिनासँगको फाइनलमा उनकै फाउलका कारण अर्जेन्टिनाले पेनाल्टी पायो । त्यसपछि उनलाई ४१ औं मिनेटमा परिवर्तन गरिएको थियो । २९ वर्षे उनी विंग्स र फरवार्ड दुवै पोजिसनमा उस्तै गतिमा खेल्न सक्छन् ।
उनले २०१६ बाटै फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । तर चोटका कारण उनी लामो समय पीडित हुन पुगे । १० वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्नेक्रममा उनले ५९ खेलमा ७ गोल गरेका छन् । फ्रान्सेली टोली रेन्सबाट आफ्नो खेल यात्रा थालेका डेम्बेलेले बोरुसिया डर्टमन्ड, बार्सिलोना हुँदै २०२३ मा पेरिस पुगेका थिए ।
