Live

१-१ गोलको बराबरीमा टुंगियो बेल्जियम र इजिप्टबीचको खेल

बेल्जियम र इजिप्टबीच अमेरिकाको सियाटलमा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।

असार २, २०८३

कान्तिपुर संवाददाता

The match between Belgium and Egypt ended in a 1-1 draw.

7 Updates

(02:43 AM)

१–१ गोलको बराबरीमा टुंगियो खेल

बेल्जियम र इजिप्टबीच अमेरिकाको सियाटलमा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।

(02:14 AM)

बेल्जियम - १, इजिप्ट- १

इजिप्टका मोहम्मद हानीले बेल्जियमका रोमेलु लुकाकुलाई रोक्ने क्रममा ६६ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको छ ।

(01:35 AM)

हाफ-टाइम : बेल्जियम ०, इजिप्ट १

 पहिलो हाफअघि इजिप्टले १ गोलको अग्रता बनाएको छ । इमाम अशोरले १९ औं मिनेटमा इजिप्टका लागि पहिलो गोल गर्न सफल भएका थिए । मोहम्मद सलाहको पासमा अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै इजिप्टबाट गोल गरेका हुन् ।

Half-time: Belgium 0, Egypt 1
तस्बिर : एपी

(01:34 AM)

जेरेमी डोकुले बेल्जियमलाई बराबरीमा ल्याउने सुन्दर मौका गुमाए

पहिलो हाफको इन्जुरी टाइममा जेरेमी डोकुले बेल्जियमलाई बराबरीमा ल्याउने सुन्दर मौका गुमाएका छन् । इमाम असोरको गोलमा इजिप्टले बेल्जियमविरुद्ध मध्यान्तरसम्म १–० को अग्रता लिएको छ ।

(01:05 AM)

इजिप्टको पहिलो गोल

इमाम अशोरले १९ औं मिनेटमा इजिप्टका लागि पहिलो गोल गर्न सफल भएका छन् । मोहम्मद सलाहको पासमा अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै इजिप्टबाट गोल गरेका हुन् ।

(12:46 AM)

समूह ‘जी’ को पहिलो खेल

अमेरिकाको सियाटल स्टेडियममा खेल सुरु भइसकेको छ । यो समूह ‘जी’ को पहिलो खेल हो ।

(12:37 AM)

बलियो बेल्जियम, आत्मविश्वासी इजिप्ट

बेल्जियम समूह ‘जी’ मा छ । टोलीलाई नै यसमा सबैभन्दा बलियो मानिएको छ । तर इजिप्ट आफैं पनि आत्मविश्वासी रहनेछ, किनभने पछिल्लो समय जतिबेला यी दुई टिम भिडेका थिए, त्यतिबेला जित अफ्रिकी टिमकै भएको थियो । 

कान्तिपुर

Link copied successfully