आफ्नो समूहमा केप भार्डेले अफ्रिकाकै फुटबल शक्ति क्यामरुनलाई उछिनेर समूह विजेता बन्न सफल भएको थियो। स्पेन सन् २०१० यता अन्तिम १६ को चरणभन्दा अगाडि बढ्न सकेको छैन । सन् २०१० मा स्पेनले एकै अवसरमा विश्वकप जितेको थियो ।
केप भार्डेका गोलरक्षक भोजिन्हा ४० वर्षका भए, यो उमेरमा विश्वकप खेल्ने थोरै खेलाडीको सूचीमा उनी पनि थपिएका छन् । साउदी अरेबियाका इसम इल हादारीले २०१८ मा ४५ वर्षको उमेरमा विश्वकप खेलेका थिए ।