मियामी रंगशालामा साउदीले पहिलो हाफमा अग्रता लिए पनि उरुग्वेले दोस्रो हाफमा गोल गर्दै खेललाई १–१ मा बराबरीमा रोक्न सफल भयो।
काठमाडौँ — फिफा विश्वकप अन्तर्गत आजको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । मियामी रंगशालामा पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा उक्त अग्रता जोगाउन सकेन ।
साउदीका लागि अद्दुलेलाह अल अमिरीले खेलको ४१ औं मिनेटमा गोल गर्दै साउदीका लागि अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आक्रामक बनेको उरुग्वेले ८० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो । उसका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् ।
दुवै टोलीका तर्फबाट तीव्र प्रयास भए पनि अन्तिमसमय सम्म अर्को गोल गर्न नसक्दा खेल १–१को बराबरीमै रोकिएको हो ।
