विश्वकपमा मेसी र रोनाल्डो आमनेसामने हुने सम्भावना कति छ ?

फुटबलको एउटा युगलाई नै परिभाषित गरेका दुई खेलाडीको कथा अझै पूर्ण भएको छैन । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उनीहरूबीचको प्रत्यक्ष भिडन्तको एउटा अध्याय अझै लेखिन बाँकी छ ।

असार २, २०८३

कान्तिपुर संवाददाता

What are the chances of Messi and Ronaldo facing off in the World Cup?

What you should know

काठमाडौँ — झन्डै दुई दशक विश्व फुटबलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो वर्चस्व रहेको छ । विश्व फुटबलका दुई लिजेन्डबीच व्यक्तिगत रूपमा प्रतिद्वन्द्विता नदेखिए पनि फ्यानहरू भने बाँडिने गरेका छन् । मेसी र रोनाल्डोका फ्यान उनीहरूको सफलता, असफलता र तथ्यांक प्रस्तुत गरेर 'राइभल्‍री' देखाउने प्रयास गर्छन् । 

ला लिगामा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका मेसी र रोनाल्डो धेरै पटक आमनेसामने भएका छन् । अर्जेन्टिना र पोर्चुगलबाट भने उनीहरू विरलै प्रतिस्पर्धामा उत्रिएका छन् । विश्वकपमा त उनीहरू आमनेसामने भएकै छैनन् । पछिल्लो पटक २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगल र अर्जेन्टिना भिडेका थिए । उक्त खेल पोर्चुगलले १-० ले जितेको थियो । ४५ मिनेट मात्र खेलेका दुवैले भने गोल गर्न सकेनन् । त्यसअघि २०११ को मैत्रीपूर्ण खेल अर्जेन्टिनाले २-१ ले जित्दा मेसी र रोनाल्डो दुवैले एक-एक गोल गरेका थिए । 

अन्तिम पटक भने उनीहरू २०२३ जनवरी १९ मा रियाधमा एउटै मैदानमा मैत्रीपूर्ण खेलमा उत्रिएका थिए । रियाधमा मेसी पीएसजी र रोनाल्डोले रियाध अल स्टार-११ को प्रतिनिधित्व गरेका थिए । हाइस्कोरिङ उक्त खेल पीएसजीले ५-४ ले जितेको थियो । मेसीले खेल सुरू भएको तेस्रो मिनेटमै गोल गरे भने रोनाल्डोले दुई गोल गरेका थिए । उनीहरू करिब ६० मिनेट मात्र मैदानमा रहेका थिए । 

अन्तिम आधिकारिक प्रतिस्पर्धा भने २०२० डिसेम्बर ८ मा भएको थियो । यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा नु क्याम्पमा मेसी र रोनाल्डो एकअर्काविरुद्ध उत्रिएका थिए । रोनाल्डो युभेन्टस र मेसी बार्सिलोनाबाट खेलेका थिए । उक्त खेल बार्साले ३-० ले जितेको थियो ।  

मेसी र रोनाल्डो दुवैले २०२३ मा युरोपेली फुटबलबाट बिदा लिएका थिए । मेसी पीएसजी र रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट अमेरिकाको इन्टर मायामी र रोनाल्डो साउदी अरेबियाको अल नासरमा आबद्ध भएका थिए ।  

What are the chances of Messi and Ronaldo facing off in the World Cup?

दुवै खेलाडीले जर्मनीमा २००६ मा भएको प्रतियोगिताबाट विश्वकपमा डेब्यु गरेका थिए । अहिलेसम्म विश्वकपमा प्रतिस्पर्धा गर्न नपाएका उनीहरू यसपल्ट आमनेसामने हुने सम्भावनाचाहिँ कति छ ? यसको उत्तर त्यति सहज भने छैन । अर्जेन्टिना र पोर्चुगलले आफ्नो समूह तथा प्रतियोगिताको समूह चरण पार गर्न कुन बाटो तय गर्नुपर्ने हो भन्ने कुरा पहिल्यै थाहा पाइसकेका छन् । दुवै टोलीबीच भेट हुने निश्चित छैन, तर यसपटकको प्रतियोगिताको ढाँचाले वर्षौँसम्म असम्भवजस्तै देखिएको सम्भावनाको ढोका भने खुला राखेको छ ।

जोर्डन, अस्ट्रिया र अल्जेरियासँगै अर्जेन्टिना समूह 'जे' मा रहेको छ । लियोनल स्कानोलीको अर्जेन्टिनाले बुधबार बिहान आफ्नो पहिलो खेलका रूपमा अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो खेल जुन २२ मा अस्ट्रिया र समूह चरणको अन्तिम खेल जुन २८ मा जोर्डनविरुद्ध खेल्नेछ । 

समूह 'के' मा रहेको पोर्चुगलले भने पहिलो खेल जुन १७ मा डीआर कंगोसँग खेल्नेछ । त्यस्तै जुन २३ मा उज्बेकिस्तान र समूह चरणको अन्तिम खेलका रूपमा जुन २७ मा कोलम्बियासँग पोर्चुगलले प्रतिस्पर्धा गर्दैछ । सरसर्ती हेर्दा दुवै टोली नकआउट चरणमा पुग्ने बलिया दाबेदार मानिन्छन् । तर विश्वकप प्रायः अपेक्षित स्क्रिप्टअनुसार अघि बढ्दैन । प्रत्येक चरणमा अनपेक्षित रिजल्ट पनि आउन सक्छ । स्पेनलाई काबो भर्डेले बराबरीमा रोकिदियो । ४ पल्टको विश्वविजेता इटली छनोट नै हुन नसकेको उदाहरण पनि ताजै छ । 

यदि अर्जेन्टिना र पोर्चुगल आफ्नो समूहमा शीर्ष स्थानमा रहँदै राउन्ड अफ-३२ र राउन्ड अफ-१६ मा प्रवेश गरे भने क्वार्टफाइनलमा दुई टोलीको भेट हुनसक्छ । यही नै मेसी र रोनाल्डो विश्वकपमा पहिलो पटक एकअर्काविरुद्ध खेल्ने सम्भावित सबैभन्दा 'डिरेक्ट' बाटो हो । तर यो यात्रा पनि निश्चित त होइन । दुवै राष्ट्रले आफूलाई उपाधि दाबेदार सावित गर्नुपर्नेछ र अन्तिम चरणसम्म पुग्ने लक्ष्य राखेका अन्य बलिया टोलीहरूलाई पनि पार गर्नुपर्नेछ ।

What are the chances of Messi and Ronaldo facing off in the World Cup?

यो सम्भावनाभन्दा पनि मेसी र रोनाल्डोका फ्यानहरूको चाहना बढी हो । यो कुनै भविष्यवाणीभन्दा बढी प्रतियोगिताको ढाँचाभित्र रहेको वास्तविक सम्भावना मात्र हो । यस्तो सम्भावना, जुन नतिजा, प्रदर्शन र दुवै टोलीले नकआउट चरणका सुरुआती खेलहरू पार गरेर आफ्नो अभियानलाई जीवित राख्न सकेमा मात्र साकार हुन सक्छ ।

तर एउटा कुरा के पक्का हो भने फुटबलको एउटा युगलाई नै परिभाषित गरेका दुई खेलाडीको कथा अझै पूर्ण भएको छैन । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उनीहरूबीचको प्रत्यक्ष भिडन्तको एउटा अध्याय अझै लेखिन बाँकी छ ।

विश्वकपमा मेसी र रोनाल्डो 

अहिलेसम्म विश्वकपमा ५ संस्करणमा मेसीले २६ खेल खलेका छन् । जसमा १३ गोल र ८ असिस्ट उनको नाममा रेकर्ड छ । २०२२ को विश्वकपमा मेसी नेतृत्वको अर्जेन्टिना नै च्याम्पियन बनेको थियो । त्यस्तै विश्वकपका २२ खेलमा रोनाल्डोले ८ गोल र २ असिस्ट गरेका छन् ।

मेसीलाई यसपल्ट जर्मन खेलाडी मिरोस्लाभ क्लोजको रेकर्ड तोड्ने अवसर पनि छ । क्लोजले विश्वकपमा १६ गोल गरेका छन् । त्यसो मेसीको पछिपछि फ्रान्सेली स्टार किलियन एम्बापे रहेका छन् । उनको नाममा १२ गोलको रेकर्ड रहेको छ । 

What are the chances of Messi and Ronaldo facing off in the World Cup?

पोर्चुगलले अहिलेसम्म निकालेको उत्कृष्ट नतिजा भनेको रोनाल्डोले डेब्यु गरेको वर्ष २००६ चौथो स्थान हासिल गर्नु नै हो । यद्यपि रोनाल्डोले पोर्चुगललाई २०१६ मा युरो कपको उपाधि दिलाउन सफल भएका थिए । यद्यपि पोर्चुगलले सन् १९६६ मा विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

-मार्कालगायतका सञ्चारमाध्यमको सहयोगमा

कान्तिपुर

Link copied successfully